Saturday, July 25, 2026
Home Blog Page 3
काठमाडौं । सुनसरी जिल्लाको व्यस्त बजारमा इटहरीमा एटिनडी सिनेमा खुलेको छ । एटिनडी पाथिभरा इन्टरटेनमेन्ट प्रालिले संचालनमा ल्याएको उक्त सिनेमाको नायक पल शाहले एक विशेष कार्यक्रमकोबिच उद्घाटन गर्नुभएको छ ।सेन्टर प्लाजा इटहरीमा खुलेको यस सिनेमामा वयस्क मानिस एकै पटक १२ जनाले मनोरंञ्जन गर्न सक्ने र बालबालिकाहरु भने १५ जनालेसम्मले एकै पटक खेलको अनुभव लिन सकनेछन् । टिकट...
एपिएफ ईन्टेलिजेन्स ब्युरोको बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरीले असार २८ गते कटुवा पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । मोरङ जिल्लाको बिराटनगर महानगरपालिका–१४ जतुवामा डेरा गरी बस्ने ३१ बर्षिय सुवास यादबको साथबाट कटुवा पेस्तोल १ थान, सोको राउण्ड १ वटा र १ सय ४० ग्राम गाँजासहित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीले उनलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको...
काठमाडौं । कर्रा खोलामा सोमबार बिहान आएको बाढीले चालकसहित एउटा खाली ट्रक बगाएको छ । हेटौँडा उपमहानगरपालिका–१७ स्थित उक्त खोलामा आएको बाढीमा परेर ट्रकका चालक घाइते भएका छन् । शिवम् सिमेन्ट उद्योगबाट चुनढुङ्गा अनलोड गरी फर्कने क्रममा ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक बाढीमा फसेको हो ।दुर्घटनामा चितवनको रत्ननगर नगरपालिका–१३ का ३४ वर्षीय दीपक थिङ घाइते...
काठमाडौं । अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौंको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। सेन्टरभित्र पानी पसेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू पुनः विस्थापित भएका छन्। होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका...
स्वास्थ्य । शरीरमा पानी भए नभएको हामीले तिर्खा र पिसाबको रङबाट थाहा पाउन सक्छौँ। तिर्खा लागेन र पिसाबको रङ सफा भयो भने हाम्रो शरीरमा पर्याप्त पानीको मात्रा छ भनेर बुझ्नुपर्छ। शरीरमा पानीको मात्रा पर्याप्त नभए जोर्नी सुक्खा हुने, व्यायाम गर्दा चाँडै थाकिने र कुनै पनि काम गर्न जाँगर हुँदैन। पानीको कमीले स्मरण शक्ति बोधो हुने र मुड पनि...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुने पूर्वानुमान गरिएको छ । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ। देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेश प्रदेशको एक-दुई स्थानमा हल्का...
काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न ? भनि दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन निर्देशन दिएका छन्। बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सांसद राईले आफ्नो भनाईको शुरुमा नै सभामुखज्युले कान सुन्नुहुन्छ कि हुन्न? भनि अभिव्यक्ति दिएपछि उनलाई बोल्नबाट रोक लगाउँदै संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो।...
काठमाडौंः जारी फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको छ। आज बिहान कोलम्बिया र स्विट्जरल्याण्डबीचको अन्तिम १६ को खेल सकिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो। अन्तिम १६ बाट ८ टोली क्वार्टरफाइनलमा पुगेका छन्। जसमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड रहेका छन्।सेमिफाइनलमा प्रतिस्पर्धा गर्न टीम फिफा विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनल (अन्तिम ८) को पहिलो खेलमा...
२३ असार, काठमाडौं । नेपालमा उत्पादन भएका चिकित्सकलाई देशमै टिकाउन नसक्ने अवस्थामा राज्य पुगेको सरकारी तथ्यांकले उजागर गरेको छ । नेपाल मेडिकल काउन्सिलको पछिल्लो तथ्यांकले चिकित्सक पलायन भयावह बन्दै गएको देखाएको हो । सन् २०२५ मा नेपालमा चिकित्सकीय अभ्यासका लागि लाइसेन्स लिने चिकित्सकभन्दा विदेश जान आवश्यक पर्ने ‘असल चारित्रिक प्रमाणपत्र (गुड स्ट्यान्डिङ क्यारेक्टर सर्टिफिकेट) लिने चिकित्सकको संख्या बढी रहेको...
सामाजिक सञ्जालमा यतिबेला विदेश जान लागेका एक व्यक्तिको तस्वीर भाइरल बनिरहेको छ । कलिलो उमेरमै रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता आइपरेको दाबीसहितका भावुक पोस्टहरू अनगिन्ती भेटिन्छन् । एक वृद्धले १३–१४ वर्षजस्तो देखिने एक युवकलाई माला लगाइरहेका छन् । पृष्ठभूमिमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखिएकाले उनी विदेश जाँदैछन् भन्ने कुरामा कुनै दुविधा रहँदैन ।सामाजिक सञ्जालमा फोटो निकै फैलियो । घरको बाध्यताले...