समाचारपत्र दैनिक- असार २६,
काठमार्डौ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई इतिहासकै सर्वशक्तिमान् सरकारका रुपमा लिने गरिएको छ । दुई तिहाइ बहुमतको समर्थन रहेको ओली सरकारमा संलग्न नेताहरुले समृद्ध नेपाल र सुखी नेपाली बनाउने दिशामा मुलुक अघि बढ्ने आश्वासन चुनावताकादेखि नै दिएका थिए । तर अहिलेसम्म देखिएको राजनीतिक परिदृश्यले मुलुक त्यसतर्फ अघि बढ्ने संकेत देखाइरहेको छैन । दुई तिहाइ बहुमत...
समाचार पत्र दैनिक- असार २६,
काठमाडौं । सरकारको पछिल्लो क्रियाकलाप प्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आक्रोशित भएको छ । डा। गोविन्दा केसीको अनसन, पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति खारेज र माइतीघर मण्डला लगाएतका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको भन्दै कांग्रेस आक्रोशित भएको छ । सरकार प्रति आक्रोशित बन्दै गएको नेपाली काँग्रेसले सडक देखि संसद सम्म आवाज उठाउने प्रयास...
असार २५,
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पूरानै अवस्थामा फर्काउने दावी गरेका छन् । सभापति देउवाले विगतका कमजोरीलाई स्वीकार गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता पनि व्यक्त गरे ।
उनले अन्तरघातमुक्त बलियो पार्टी बनाउने घोषणा पनि गरे । सोमबार काठमाडौंमा पार्टीका पूराना नेता, कार्यकतासँगको सामूहिक भेटमा उनले जिल्ला पार्टी कमिटीहरुलाई विश्वासमा लिएर पार्टीलाई सुदृढ बनाउने अभियाननै...
असार २५,
काभ्रे । वर्षेनी दुईचार लाख बजेट आउने तर सडकको अवस्थामा भने केही परिर्वतन नभएपछि सवारी सधान संचालन गर्न नसक्ने अवस्था रहेको स्थानीयहरुको गुनासो रहेको छ । वर्षा लागेसंगै ग्रामिण सडकहरुको हिलाम्मे भएपछि मण्डन देउपुर नगरपालिकाका स्थानीयलाई समस्या भएको छ ।
नगरपालिकाको वडाहरु १ देखि १२ सम्मको मुख्य र शाखा सडकमा अहिले पानी परेसंगै गाडी चल्न नसक्ने अवस्था रहेको...
असार २५,
काठमाडौ । आजको संसद बैठकमा कुन सांसदले कुन के भने संसद भवनबाट प्रत्यक्ष प्रसारण हेर्नुहोस् ।
http://hr.parliament.gov.np/np/parliamentLive
असार २५,
इलाम । इलामको माङसेबुङमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् ।
माङसेबुङबाट झापाको दमकतर्फ जाँदै गरेको ट्र्याक्टर माङसेबुङ गाउँपालिका–३ स्थित मानपुरमा दुर्घटना हुँदा घाइते हुनुभएका माङसेबङ गाउँपालिका–६ रक्सेका अन्दाजी २१ वर्षीय सरेन राईलाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते पाँचजनाको...
असार २५,
चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले लामो समयदेखि कर नतिर्ने ५२ व्यावसायिक फार्मको कारोवार रोक्का गर्ने भएको छ ।
पाँच वर्षभन्दा बढी समयदेखि सम्पर्कमा नरहेका फार्मको कारोवार रोक्का गर्न लागेको कार्यालयका प्रमुख थानप्रसाद पङ्ज्ञानीले बताउनुभयो । कार्यालयले केही समयअघि सम्पर्कमा नरहेका ५५ व्यवसायीको नाम सार्वजनिक गरेको थियो ।“कारोवार रोक्का गर्न लागेका फार्म पाँचदेखि १८ वर्षसम्म सम्पर्कमा नरहेका...
असार २५,
भक्तपुर । भक्तपुर मध्यपुर थिमि नगरपालिका ६ पुरानो ठिमी बस्ने सविन गुरुङको घरको तेस्रो तलामा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका ४ का ३८ वर्षीय पदम श्रेष्ठ सहित ७ जनालाई नगद ४८ हजार ६ सय ९० रुपैयाँ र ५ बुक तास सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको...
असार २५,
काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा जनपद समुहतर्फ प्रहरी सहायक निरीक्षक (असई) को नतिजा प्रकाशन गरेको छ । २०७४ साउन ३१ गतेको विज्ञापन अनुसार खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपुर्ति गर्न लिइएको परीक्षाको नतिजा आइतबार प्रकाशन गरिएको प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले जनाएको छ । अन्तिम नतिजामा उत्तिर्ण हुने जुनियर प्रहरी अधिकृतहरुलाई असार २७ गते...
असार २५,
दार्चुला । दार्चुलामा ढुंगा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ देथला बस्ने काशीराम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिनुभयो । विद्यालय जाने क्रममा आज बिहान ८ बजेतिर नगरपालिकाको वडा नम्बर २ को धौलेबगरस्थित माथिबाट खसेको ढुंगा भट्टको...






