पार्टीलाई पुरानै अवस्थामा फर्काउने कांग्रेस सभापतिको दाबी

85

असार २५,
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पूरानै अवस्थामा फर्काउने दावी गरेका छन् । सभापति देउवाले विगतका कमजोरीलाई स्वीकार गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता पनि व्यक्त गरे ।
उनले अन्तरघातमुक्त बलियो पार्टी बनाउने घोषणा पनि गरे । सोमबार काठमाडौंमा पार्टीका पूराना नेता, कार्यकतासँगको सामूहिक भेटमा उनले जिल्ला पार्टी कमिटीहरुलाई विश्वासमा लिएर पार्टीलाई सुदृढ बनाउने अभियाननै सञ्चालन गर्ने योजना पनि अघि सारे । सभापति देउवाले चुनाव हार्नुको वास्तविकतालाई पार्टी भित्रैबाट ढाकछोप नगर्ने गरेको गुनासो पनि गरे । कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रलाई बचाउन पनि नेपाली काँग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले सभापति देउवाले पार्टीलाई बलियो बनाउने दिशामा कुनै कदम चाल्न नसकेको आरोप पनि लगाए ।