असार २५,
काठमाडौं । तिजको गीत बजारमा आउनेक्रम सुरु भएको छ । गायक पशुपति शर्मा नेपाली लोक गीतसगितको क्षेत्र भिन्न प्रकारको गीत गाउन सफल गायक हुन् । यो क्रममा उनै शर्माको सहित राजु ढकाल, देबि घर्ती मगर र सुस्मिता घर्ती मगरको स्वरमा तिज गीत सार्वजनिक भएको छ । लौरी हरायो बोलको गीतले युटुबमा दर्शक श्रोताको माया बटुल्दै गर्न थालेको...
असार २५,
बीबीसी । टर्कीमा आइतबार भएको रेल दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन् । टर्कीको सरकारी टेलिभिजन च्यानलले यसको पुष्टि गरेको हो । रिपोर्ट अनुसार बुल्गारियाको सीमामा रहेको कापिकुल शहरबाट उक्त रेल इस्तान्बुल जाँदै थियो । सरकारी टेलिभिजन च्यानल टीआरटी हेबरका अनुसार रेलको ६ वटा डिब्बा ट्र्याकबाट उत्रिएको छ...
Kathmandu, July 9 (RSS): Education Consultancies' Association of Nepal (ECAN) is organising the 12th Mega Education Fair in Kathmandu from July 19 to 22 to provide information and advice regarding education abroad. Association president Bishnuhari Pandey shared this information organising a news conference here on Sunday.
The education fair would be organised at Bhrikuti Mandap exhibition hall at the...
असार २५,
बैतडी । बैतडीका धेरैजसो स्थानीय तहमा सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता पाउन सकेका छैनन् । गएको फागुनदेखि धेरै ठाउँमा सुत्केरी आमाले भत्ता पाउन नसकेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले बताउनुभयो । रकम कम विनियोजन भएकाले चालू आवमा समयमै सुत्केरी भत्ता दिन नसकेको मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले जानकारी दिनुभयो ।...
असार २५,
कञ्चनपुर । सडक निर्माण हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–९ को चुरे क्षेत्रमा पर्ने धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने झिलमिला तालसम्मको यात्रा सहज हुने भएको छ । नगरपालिकाको मटेनादेखि सुगरखालीसम्म कालोपत्रे सडक निर्माणको कार्य अघि बढेको छ । सघन शहरी विकास कार्यक्रमअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले मटेनादेखि सुगरखालीसम्मको पाँच किलोमिटर सडक...
असार २५,
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएको स्पष्ट पारेको छ ।मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले उपकुलपति कोइरालालाई क्यानाडामा आयोजित कार्यक्रममा जान रोक लगाएको विषयमा विज्ञप्तिमार्फत सरकारको धारणा सार्वजनिक गर्दै प्रचलित कानूनबमोजिम त्यसरी विदेश जानुपूर्व तालुक मन्त्रालयबाट अनुमति लिनुपर्नेमा कुनै अनुमति नलिएको जनाएको हो...
असार २४,
काठमाडौं । विवादमा आउन थालेका संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री रवीन्द्र अधिकारीले विवादित छविका हरिभक्त श्रेष्ठलाई विज्ञ समूहबाट हटाएका छन् । मन्त्रीस्तरीय निर्णय गर्दै उनले आज ९असार २४ गते एटि.एम/हवाई कानुन विषय विज्ञका रुपमा नियुक्त गरिएका श्रेष्ठलाई हटाएका हुन् । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता घनश्याम उपाध्यायले जारी गरिउको प्रेस विज्ञप्तिमा भनिएको छ– ‘उक्त विज्ञ समूहमा ए।टि।एमरहवाई...
असार २४,
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले विदुषी योगमाया विश्वविद्यालय स्थापनाका लागि कानूनी प्रबन्ध भइरहेको बताउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै मन्त्री तामाङले सो जानकारी दिनुभएको हो ।मन्त्रिपरिषद्को केही दिनअघिको बैठकले सो विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । मन्त्री तामाङले असोज ३...
असार २४,
ललितपुर । एक दशकयता देशभरमा व्यावसायिक तरकारीखेतीले निकै फड्को मारेको छ । तरकारीखेतीमा आधुनिक प्रविधिको व्यापक प्रयोग र धेरै प्रकारका तरकारीमा देश आत्मनिर्भर बन्दै जाँदा तरकारीखेतीमा निकै प्रगति भएको पाइएको नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० अन्तर्गतको तरकारी विकास निर्देशनालयले जनाएको छ । तरकारीखेतीमा पढेर, बुझेर र प्रविधिको ज्ञान भएका युवा आउने क्रम बढिरहँदा तरकारीखेतीमा विकास पाइएको निर्देशनालयमा...
असार २४,
रसुवा । रसुवागढी नाकाबाट चीनतर्फ जाने पर्यटक एवं धार्मिक यात्रु दिनानुदिन बढ्न थालेका छन् । अध्यागमन कार्यालय रसुवागढीका अनुसार रसुवागढी नाका हुँदै चीन जाने पर्यटकको संख्या १० हजार ७५६ नाघिसकेको छ । समग्रमा ५० भन्दा बढी देशका पर्यटक यस नाका हुँदै चीनतर्फ जाने गरेका छन् । यसैगरी कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय तीर्थयात्रुको संख्या पनि तीन...




