प्रहरी सहायक निरीक्षक (असई)को नतिजा प्रकाशन

758

असार २५,
काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा जनपद समुहतर्फ प्रहरी सहायक निरीक्षक (असई) को नतिजा प्रकाशन गरेको छ । २०७४ साउन ३१ गतेको विज्ञापन अनुसार खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपुर्ति गर्न लिइएको परीक्षाको नतिजा आइतबार प्रकाशन गरिएको प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले जनाएको छ । अन्तिम नतिजामा उत्तिर्ण हुने जुनियर प्रहरी अधिकृतहरुलाई असार २७ गते प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागमा सम्पर्क गर्न सुचित गरिएको छ । आईतबार प्रकाशित सुचि अनुसार खुल्लातर्फ ३१४ जना उत्तीर्ण भएका छन् ।