मध्यपुर थिमिमा जुवा खेलिरहेका ८ जना पक्राउ

401

असार २५,
भक्तपुर । भक्तपुर मध्यपुर थिमि नगरपालिका ६ पुरानो ठिमी बस्ने सविन गुरुङको घरको तेस्रो तलामा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका ४ का ३८ वर्षीय पदम श्रेष्ठ सहित ७ जनालाई नगद ४८ हजार ६ सय ९० रुपैयाँ र ५ बुक तास सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।