सडक बिग्रीएपछि मण्डन देउपुरका स्थानीयलाई समस्या

246

असार २५,
काभ्रे । वर्षेनी दुईचार लाख बजेट आउने तर सडकको अवस्थामा भने केही परिर्वतन नभएपछि सवारी सधान संचालन गर्न नसक्ने अवस्था रहेको स्थानीयहरुको गुनासो रहेको छ । वर्षा लागेसंगै ग्रामिण सडकहरुको हिलाम्मे भएपछि मण्डन देउपुर नगरपालिकाका स्थानीयलाई समस्या भएको छ ।
नगरपालिकाको वडाहरु १ देखि १२ सम्मको मुख्य र शाखा सडकमा अहिले पानी परेसंगै गाडी चल्न नसक्ने अवस्था रहेको हो ।
काभ्रे जिल्लाको मण्डन देउपुर नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ लगायतका सबै वडाका सडकहरु वर्षाको समयमा धेरै समस्या भएपनि खासै समाधान हुन सकिरहेको छैन् ।

विगतमा पनि विभिन्न निकायबाट आएका बजेटले धेरै सडकमा ग्राभेल गर्ने नाली बनाउने काम भएपनि पानी परेसंगै हिलाम्मे हुने गरेका छन् ।
अर्का तर्फ मुख्य सडक हुदैँ निर्माण गरिने शाखा सडक मनलाग्दो गरि खनिदा समस्या झन् धेरै हुने गरेको प्राविधिकको भनाई छ ।
ठाउँ–ठाउँमा पहिरो जाने, पानी जम्नेक्रमा सुधार आउन सकेको छैन् ।
यसरी सडकमा समस्या हुदाँ स्थानीयस्तरमा उत्पादन भएका तरकारी, दुध जस्ता दैनिक बजार पु¥याउनु सामाग्री बाटैमा बिग्रने गरेको ढाडागाउँका बिक्रम तामाङ्गको भनाई छ ।

नगरलाई छोएर अन्यत्र जाने र नगरभित्रकै एक देखि अर्को वडा पुगिने सडकको अवस्थामा सुधार नहुदाँ एम्बुलेन्स संचालनमा समेत समस्या हुने गरेको गिधर्रेका श्यामप्रसाद ढकालले बताए । कात्तिके– चुरिथुम्का– सिपाघाट सडक, नगरकोट– बालुवापाटी– कुन्ताबेशी सडक, कुन्ताबेशी–ज्याम्दी– दोलालघाट सडक र जिरोकिलो– सिपाघाट हुदै सिन्धुपाल्चोक जिल्लाको मेलम्चि पुगिने सडक नगरपालिकाको मुख्य सडक हुन् ।
अन्य दर्जनौं शाखा सडक त वर्षायाभरि नै बन्द हुने गरेका छन् ।
नगरकोटबाट नयाँगाउँ हुदै कुन्ताबेशि जाने सडकमा त झन् निमार्ण व्यवसायी नै बेपत्ता भएपछि स्तर उन्नतीको काम नै रोकिएको मण्डन देउपुर नगरपालिका नगरप्रमुख टोक बहादुर वाइवाल बताए ।
उनले भने “एशियाली विकाश बैंकको भुकम्पपछि पूर्ननिर्माण परियोजना अन्र्तगत सुरु भएको यो सडक २०७५ असोजसम्म निर्माणसक्नु पर्ने हो, तर आधाआधीपनि काम भएको छैन् । ”