Monday, June 15, 2026
Home Blog Page 1943
साउन १६, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीलाई अनुमोदन गर्ने वा नगर्ने विषयमा आज निर्णय गर्दैछ। संवैधानिक परिषदले जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि गत विहिबार उनको संसदीय सुनुवाई भएको थियो। संसदीय सुनुवाई पछि उनको अनुमोदनका विषयमा निर्णय आउन सकिरहेको छैन। सुनुवाईपछि संसदीय समितिको बैठक पटक–पटक बसे पनि अहिलेसम्म उनको अनुमोदनका विषयमा निर्णय आउन सकेको छैन। संसदीय...
साउन १६, काठमाडौं । केन्द्रीय कारागारका चार सयभन्दा बढी कैदीबन्दी बिरामी भएका छन्। केन्द्रीय कारागार कार्यालयले दिएको जानकारीअनुसार कैदीबन्दीमा छाला, मधुमेह, जण्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने, सुनिनेलगायतका रोग देखापरेको छ। कारागार कार्यालय जगन्नाथदेवलका प्रमुख एवं उपसचिव वेदनिधि अधिकारीले उपचारका लागि दैनिक १०० कैदीबन्दीलाई उपत्यकाका विभिन्न अस्पतालमा पठाउँदै आएको बताए। ुसामान्य प्रकृतिका रोगको उपचार कारागारको आफ्नै अस्पतालमा गरिन्छ ।...
साउन १६, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसांसद कृष्णकुमार जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनले शोक विज्ञप्तिमार्फत नेता जोशीको निधनको खबरले मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै मुलुकमा लोकतन्त्र स्थापनाको आन्दोलन र पार्टी संगठनमा जोशीले पुर्‍याएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने बताएका छन्। ‘उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ, उहाँप्रति...
साउन १६, बीबीसी । मेक्सिकोको दुरंगो शहरमा विमान दुर्घटना भएको छ । राज्यका गभर्नरले घटनाको पुष्टि गर्दै दुर्घटनामा कसैको पनि मृत्यु नभएको जानकारी दिएका छन् । दुरंगोका गर्भनर होसे एसइपुरोले ट्वीट गर्दै चार चालक दलसहित ९७ यात्रु सवार उक्त विमान दुर्घटनामा ८५ जना घाइते भएको जसमध्ये दुईको अवस्था चिन्ताजनक भएको जानकारी दिएका छन् । स्थानीय मिडियाको रिपोर्ट अनुसार...
साउन १६, पर्सा । वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५/७५ का लागि निर्धारण गरेको करको नयाँ दरलाई फिर्ता लिने निर्णय गरेको छ । वृद्धि गरिएको करको नयाँ दरको चौतर्फी विरोध भएपछि महानगरपालिकाले त्यसलाई फिर्ता लिने निर्णय गरेको हो । वीरगन्ज महानगरपालिकाद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले करको नयाँ दर फिर्ता तथा स्थगन गरिएको जानकारी दिए ।उनले पेट्रोलिय पदार्थमा...
Nepalgunj, Aug 1 (RSS): A daytime service centre for senior citizens has been brought into operation at Nepalgunj sub-metropolis-1, Dhambojhi. Swabalambi Senior Citizen Society Nepal constructed a building to run the service centre at the cost of Rs 1.53 million. The financial support for the same was provided by Nepalgunj sub-metropolis. Society Chairperson Nar Bahadur Hamal shared that the...
साउन १६, सोलु । सोलु दूधकुण्ड नगरपालिका¬–७ का सञ्जीव भुजेलको ट्रेकिङका क्रममा मृत्यु भएको छ । विदेशी पर्यटकसहित चीनको तिब्बतमा ट्रेकिङ गएका २३ वर्षीया भुजेलको लेक लागेर मृत्यु भएको छिमेकी भानुभक्त श्रेष्ठले जानकारी दिनुभयो । केही दिनअगाडि आफ्नै बुबा र काकाको साथमा ट्रेकिङ गएका भुजेलको आइतबार राति मृत्यु भएको मृतकका बुबा मानबहादुर भुजेलले जानकारी दिनुभयो । उनी सहितको टोली...
साउन १६, दाङ । दाङको नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनःनिर्माण गरिएको छ । तीन वर्षअघि नेपाल र भारतको संयुक्त टोलीले सीमास्तम्भ पुनःनिर्माणको काम शुरु गरेको हो । इँटा र सिमेन्टले बनाएका सीमास्तम्भ भत्किन थालेपछि पुनःनिर्माण थालिएको थियो । दुवै देशको सहमतिमा जीर्ण भएका ती सीमास्तम्भ पुनःनिर्माण गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । “अब पाँचवटा...
साउन १५, नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिकास्थित दलदलेको एक घरमा जुवा खेल्दै गरेका ६ जना जुवाडेलाई पक्राउ गरी आजै प्रहरीले मुद्दा दर्ता गरेको छ । उनीहरुलाई जुवा ऐनअनुसार कारवाही गर्न मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जानकारी दिएको छ । उनीहरुबाट रु ३३ हजार ३५५ पनि बरामद गरेको प्रहरीले जनाएको छ । देवचुली नगरपालिका–१३ स्थित...
नयाँ पत्रिका दैनिक साउन १६, काठमाडौ । नेपाली चलचित्र हिम्मतवालीका नायक सुदर्शन गौतम वर्षौंदेखि मानव तस्करीमा संलग्न रहेको खुलेको छ । अमेरिकी सामुद्रिक मार्ग पाभोमा अड्किएको पानीजहाजमा १८ दिन अलपत्र परी नेपाल फर्किएका बाँके कोहलपुरका जसोदा चन्द र पुष्प चन्दको जाहेरीपछि थापा मानव तस्करीमा संलग्न रहेको खुलेको हो । उनीहरूसँगै अमेरिका जान लागेकी भक्तपुरकी सुमित्रा कुँवरको भने जहाजमै मृत्यु भएको...