Wednesday, September 23, 2026
Home समाचार जोशीको निधनप्रति दुःख व्यक्त

जोशीको निधनप्रति दुःख व्यक्त

77

साउन १६,
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसांसद कृष्णकुमार जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनले शोक विज्ञप्तिमार्फत नेता जोशीको निधनको खबरले मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै मुलुकमा लोकतन्त्र स्थापनाको आन्दोलन र पार्टी संगठनमा जोशीले पुर्‍याएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने बताएका छन्। ‘उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ, उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु, साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु” विज्ञप्तिमा उल्लेख छ। पूर्वकेन्द्रीय सदस्य जोशीको मंगलबार काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको हो। २०३४ मा कांग्रेस बैतडी जिल्ला कार्यसमितिको सभापति रहेका नेता जोशी २०४५ मा कांग्रेस केन्द्रीय सदस्य थिए। २०४८ को आम निर्वाचनमा कांग्रेसका तर्फबाट बैतडी निर्वाचन क्षेत्र नं। १ बाट विजयी भएका उनले लोकतन्त्र स्थापनाको संघर्षमा क्रियाशील रहँदा तीन वर्ष छ महिना जेल जीवनसमेत बिताएको कांग्रेसले जनाएको छ। जोशीका दुई छोरा र तीन छोरी छन्।