-जानु काम्बाङ्ग लिम्बू,मुसलधारे पानी पर्दै थियो, हामी मोटर वे एम २० मा भर्खर आसफोर्ड काट्न लाग्दै थियौं । म अगाडिको सिटमा थिएँ, अरु गाडीहरुले बत्ताएर उडाएको पानीको बाछिटाले अगाडिको बाटो देखिन छाड्यो । हाम्रो कारको अगाडिको सिशामा, माथि कतैबाट कसैले पोखाए झैं गरि हुर्हुर ....हुर्र पानी हुत्तेर बकुलो तुँवालो झैं सिशाभरि आउन लाग्यो । लाल दाईले आफुलाई सम्हाल्दै छिट्टो...
असोज ३,
बागलुङ । मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड फराकिलो बनाउने र सुधार गर्ने क्रममा दैनिक सात घण्टा बन्द गर्न थालिएको छ । गत असारदेखि निर्माण कार्य थालेको मध्यपहाडी लोकमार्ग आयोजनाले असोज २० गतेसम्म दैनिक सात घण्टा पर्वत खण्ड बन्द गर्न थालेपछि यात्रुलाई समस्या परेको छ । सडक विस्तारका लागि पर्वतको सिमाना अँधेरीखोलादेखि खहरेगेटसम्म असोज १ गतेदेखि दैनिक सात घण्टा बन्द...
असोज ३,
गौशाला । महोत्तरीमा व्यापारीलाई लुटपाट गर्ने चार लुटेरालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–८ का १७ वर्षीय कुमार लामा, महोत्तरीको गौशाला नगरपालिका–११ का १८ वर्षीय विवेक श्रेष्ठ, १६ वर्षीय सुरेश महतो तथा सोनमा गाउँपालिका–११ का ३० वर्षीय रामभरोसकुमार यादव रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । लुटेराले मनरासिस्वा नगरपालिका–२ इटहर्वाका...
असोज ३,
भक्तपुर । महानगरीय प्रहरी प्रभाग सानोठिमीका इन्चार्ज (सईं) ज्योती विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । प्रहरी नायव निरीक्षक विष्टलाई मंगलबार अनुसन्धानको लागि नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता सह–सचिव रामेश्वर दंगालले जानकारी दिए । आयोगले गत शनिवार काठमाडौंको काँडाघारी र कोटेश्वरमा अप्रेशन गरेर ९ जना प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । अख्तियारको अप्रेशनका क्रममा सानोठिमी प्रभागमा...
काठमाडौं उपत्यका निर्माण व्यवसायीसंघको कार्य समिति सदस्य र महासंघमा राजश्व परामर्श समिति, नीति नियम तथा कानुन समिति, जिल्ला समन्वय समिति र निर्माण व्यवसायी कल्याणकारी कोषमा रहेर काम गरि सकेका प्रमोद लामिछाने महांसघको आसन्न ११ औं अधिवेशनमा केन्द्रिय सदस्य पदका प्रत्यासी हुन् । महांसघलाई नीतिगत रुपमा सुधार गर्न ऐन कानुनमै सुधार गर्नु पर्ने विचार राख्ने लामिछाने आफुसंग स्पष्ट योजना भएको...
असोज २,
विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ ।सर्वसाधारणलार्य नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफलकै क्रममा छ । मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले पाहोर सालकै हाराहारीमा नयाँ नोट सटहीको व्यवस्था गरिने जानकारी दिए । पोहोर दसैंमा राष्ट्र बैंकले...
असोज २,
एक महिनाअघि हत्या गरिएका पुर्वराजदुत केशवराज झाका भान्से सानुकान्छा तामाङले अपराध कबुल गराउन आफुमाथि प्रहरीले चर्को यातना दिएको बताएका छन् ।घटनाको अनुसन्धानमा प्रहरीले आफुमाथि चरम यातना दिएको भन्दै क्षतिपुर्ति र सम्बन्धित अधिकारलाई कारबाहीको माग गर्दै उनले मानव अधिकार आयोगमा निवेदन दिएका छन ।
आयोगले त्यसमाथि गम्भीरतापुर्वक छानविन सुरु गरेको जनाएको छ ।अपराध कबुल गराउन उनीमाथि नियोजित...
असोज २,
विद्यार्थी विरामी हुने समस्याले गौमुखी गाउँपालिका ठ, नारीकोटस्थित अमृत जीवन माविमा पठनपाठन नै प्रभावित भएको छ ।
तीन बर्षदेखि यस विद्यालयको कक्षाकोठामा दोस्रो र तेस्रो घन्टी सुरु भएपछि विद्यार्थी एकोहोरो रुने, काँप्ने, छटटपटिने र मुटु दुख्यो भन्दै कराउने गर्छन् ।पहिले फाट्टफुट्ट समस्या देखिन्थ्यो गत असार ५ देखि ४६ छात्रछात्रामा प्रत्येक दिन यस्तै समस्या दोहोरिरहेको विद्यालयले जनाएको छ ।...
असोज २,
काठमाडौं । संविधानमा अझै असन्तुष्ट रहेका तर तीनै तहमा निर्वाचनमार्फत जनप्रतिनिधि भएका मधेसी दलका नेता कार्यकर्ताले सरकारी कोषबाटै ३ असोजमा संविधान दिवसको विरोध गर्ने भएका छन् । आजको राजधानीमा समाचार छापिएको छ । केन्द्र सरकारले राष्ट्रिय बिदा दिएर संविधान दिवसको खुसियाली मनाउने तयारी गरिरहेका बेला प्रदेश २ सरकार र संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टीले...
काठमाडौं । स्वदेशी उद्योग प्रवद्र्धनको नाममा चाडबाडका मुखमा सरकारले वार्षिक एक लाख टन मात्रै चिनी आयात गर्न पाउने व्यवस्था गरेपछि भाउ बढेर उपभोक्ता मारमा पर्ने भएका छन् । प्रधानमन्त्री केपी ओलीको इच्छाअनुसार आइतबारको मन्त्रिपरिषद् बैठकले वार्षिक एक लाख टन मात्रै चिनी आयात गर्न पाउने निर्णय गरेको हो ।नेपाली उद्योगबाट उत्पादित चिनीले आयातीतसँग प्रतिस्पर्धा गर्न नसकेर बिक्री नभएको भन्दै...


