Saturday, October 17, 2026
Home अर्थ दसैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट

दसैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट

75

असोज २,
विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ ।सर्वसाधारणलार्य नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफलकै क्रममा छ । मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले पाहोर सालकै हाराहारीमा नयाँ नोट सटहीको व्यवस्था गरिने जानकारी दिए । पोहोर दसैंमा राष्ट्र बैंकले ४० अर्ब नयाँ नोट बजारमा पठाएको थियो । उनका अनुसार अब २—३ दिनभित्र हुने छलफललले सटही सुरु हुने दिन र तौरतारिका टुंगो लगाउने छ ।