निबन्धः नलाहुरेनी स्रष्टा

193
तस्विरः लेखिका जानु काम्बांग लिम्बू

-जानु काम्बाङ्ग लिम्बू,

मुसलधारे पानी पर्दै थियो, हामी मोटर वे एम २० मा भर्खर आसफोर्ड काट्न लाग्दै थियौं । म अगाडिको सिटमा थिएँ, अरु गाडीहरुले बत्ताएर उडाएको पानीको बाछिटाले अगाडिको बाटो देखिन छाड्यो । हाम्रो कारको अगाडिको सिशामा, माथि कतैबाट कसैले पोखाए झैं गरि हुर्हुर ….हुर्र पानी हुत्तेर बकुलो तुँवालो झैं सिशाभरि आउन लाग्यो । लाल दाईले आफुलाई सम्हाल्दै छिट्टो छिट्टो वाइपर चलाउँदै हुनुहुन्थ्यो । मनमा कता कता डर, डर पनि लाग्यो कारण मैले सुनेकी थिएँ, यो च्यानल त्रनलले भेट्ने मोटर वेहरूमा पारि युरोपबाट आउने ठुल्ठुला मालबाहक लरिहरू बढी हुन्छन् र ति लरिहरूको चलाउने हेन्डल पनि देब्रे साईटमा हुन्छ र यस्तै झरी परेको बेला झन् दुर्घटना बढी हुन्छ ।

पछाडिको सिटबाट मनु पाईजा जी झ्वाट्टै कराउनु भो, जानू जी प्लिज केहि खोजेर त्यो धुम्मिएको सिशा भित्रबाट पूछ्नुस न ? बाहिरको वाईपरले मात्र काम गरेन ? साथीहरु डराएर कराउँदा पो बल्ल म होसमा आएछस । हतार झोलाबाट टिस्यु झिकेर सिशा भित्रबाट रगर्ड्न थालें, बेस्सरी पुछें सकेसम्म सिटको पेटी नै खोलेर हात तन्काई तान्काई पुछें तर काम खासै गरेन मेरो जबजस्तिको पुछाईल । फेरि ३, ४ पत्र पारेर निक्कै ठुलो टिस्युको जमात बनाएर पुछ्न थालें बल्ल अगाडी हल्का देखिन थाल्यो । अगाडी युरोपबाट समान बोकेर आईरहेको ठुलो बढेमाको लरी थियो उसले हाम्रो अगाडी बसेर गुड्दा उसैको चक्काले फालेको पानीको बाछिटाले हिर्काई रहेको रहेछ ।

बल्ल तल्ल दाईले अर्को लेन चेन्ज गर्नु भो तेस्पछि हल्का मनमा सान्ती मिले जस्तो भो । पछाडी नानू जी निदाई रहनु भएको थियो, हेर्दा हेर्दै बिचमा बसेर गंगा जी पनि घुर्न थाल्नु भो । मनु जी त अघि नै देखि गाडी लागेर अनुहार छोपेरै बस्नु भएको थियो । रातको ९: ३० बजेको थियो,दिनभरिको थकानले होला आँखा निन्द्राको पछ्यौरीले छोप्न थाल्यो, हेरें पछाडिको सिटका साथीहरु पुरै निदाईरहेका, तर म एक्लै भए पनि दाईलाई साथ दिने अठोट्को घन्टी आँखामा झुन्द्याएर बसी रहें । लाल दाई, म संग बात मार्ने सारा रहरहरूलाई ईस्टेरिङ्ग्मा अठ्याएर एकोहोरो गाडी कुदाउनु मै आफ्नो मन एक्युबद्द गर्दै हुनुहुन्थ्यो । मैले त्यै बेला महसुस गरें ड्राईभर हुनुको बेफाईदा । हामीले मेजिस्ट्न कटिसकेका थियौं । प्रकृति पनि पक्क्षपाति हुन्छ र ? किन कि ! केहि माईल अघि तेस्तो मुसलधारे पानी, केहि माईल पछि यस्तो सुक्खा ? मनमा एउटा प्रश्न खडा भएर चाहार्न थाल्यो दिमागको कुना कन्दरा ! के आशफोर्ड एरियालाई मात्र पानी चाहिएको थियो र ? सबैको निन्द्रा बीच दाजु र मेरो आँखाहरु मात्र आ–आफ्नै मन संग बात मार्दै थिए । हामीले मोटर वे एम २६ पार गरेर एम २५ मा गुड्न थाल्यौं । एकोहोरिएको त्यान्द्रा भंग गर्दै दाजुले एउटा सायारी जावोस त बहिनी ? भन्नु भो …म २ लाईन गीतको स्थाई बीच मन अड्काएर बसी रहेकी थिएँ झ्वाट्टै उही २ लाईन भनि दिएँ !

घनघोर वर्षा यो मनको खहरे भई उर्लियो
सपना जस्तै रहर पनि एकैठाउमा पुरियो र र………….

मेरो दुई लाईन गीतको प्रसंसा सयौं लाईन आयो लाल दाई बाट ! म मक्ख पर्दै बसें, हामी लगभग लन्डन हिथ्रो एरपोर्ट तिर आईसकेका रहेछौं । विश्व कै व्यस्त एरपोर्ट हित्रो बाट प्लेनहरू उडेको र बसेको नजिक, नजिक देखिन थालेका थिए । रातको १० बजेपनि ति आकासमा उड्ने जहाजहरूको चमक धमकले धर्ति उज्यालो भैरहेको थियो । सबै चुपचाप थियौं, गाडीमा सन्नाटा छायो । लाग्थ्यो सबैको मन आ–आफ्नै संसार डुल्न उडिसकेका छन् ! दाई ! सन्नाटाको घेरा तोड्दै मैले बोलाएँ ।

हजुर बहिनी भन्नुस ? लाल दाई बाट प्रति प्रश्न आयो, हाम्रो जिन्दगीको बाटो पनि यो अलकत्रे सडकको लेन चेन्ज गरे जस्तै सिधा, सिधा चेन्ज गर्न मिल्ने हुनु नि है ? मैले भने, किन र बहिनी सिधै देख्छु म त बहिनीको सुन्दर र लोभ लाग्दो जीवन ! दाईले रेला गर्दै भन्नु भो ।

उफ्प कहाँ सिधा हुनु नि, ….दाई हाम्रो जिन्दगि त ठ्याक्कै लण्डनको रेलको बाटोहरूको नक्सा जस्तै खुज्मुजिएको र जताततै अल्मलिएको जस्तो पो छ त, हाम्रो भाग्य कोर्ने विधाता पनि अलमलिन्छ हाम्रो जिन्दगीको नक्सा हेरेर मैले भने ….दाईले हाँस्दै हो त साँच्ची मैले त नसोचेको त्यो त, त्यो हेरेर त धरान भेडेटारको बाटो त धेरै सजिलो नि होइन भन्नु भो …..अनायासै दाजुले मेरो तर्कको बिचमा जबर्ज्स्ति ठेल्दै धरान भेडेटारको बाटो घुसाएकोले, पछाडी सुत्नेहरूको निन्द्रा भंग गर्दै मज्जाले म हाँसें दाजू हानुं या बोलुं हुँदै ओठको हाँसो र कुरोको पासोमा अल्मलिन्दै गाडीको स्टेरिंग बटार्दै हुनुहुन्थ्यो ्र बास्तबमै भन्नु पर्दा हाम्रा यी अर्थहीन कुराहरू हाम्रो थाकन हटाउन र निन्द्रा भगाउनका लागि मात्र थिए । रात छिप्निदै थियो, बाटो काटिंदै गयो, मोटर वे एम ४० पस्न लाग्यौं, घर पुग्ने हर्षले मन उड्न थाल्यो ।

पछाडिका साथीहरू निन्द्राबाट ब्युझिएर, भोक भगाउन कसैले स्याऊ, कसैले बेलायतको फेमस आलू चिप्सहरू खोतल्न थाले । म अघि बसेर सबै महसुस गर्दै्थिएँ । बिचरा बिहानको खाना खासै गतिलो थिएन, हिड्ने बेला हतारले खाजा पनि खान भ्याएनन् होला । मैले त सबेरै सकून नेम्बाङ्को घरमा साँझको दाल र बासि भात खाएर हिडेकी थिए । बेला स्याउ र केरा भक्कु बोकेर हिडेका थियौं । लाल दाईलाई ताछ्दै दिंदा दिंदै केरा पनि सकिसकेको थियो । हेर्दा हेर्दै लाल दाईले बाटो बिराउनु भो, छाडियो हाम्रो एम ४० पस्ने बाटो, दाईले हल्का चिन्ता लिए जस्तो लाग्यो । मैले भने ठिकै छ दाई अब आउने एग्जिट बाट निस्कनुस यहाँ त सजिलो छ कतै न कतैबाट भेटी नै हालिन्छ बाटो ।

हजुर बहिनी अब त्यै सोंच्दै छु म पनि दाईले भन्नु भो ्र बास्तबमै हामी सारै नै थाकेका थियौं । विश्व नेपाली साहित्य महासंघको विश्व सम्मेलन थियो क्यान्ट्बरि युनिभर सिटीमा । कार्यक्रम १ दिनको भएपनि त्यसको तयारि र दुरीको कारणले म अघिल्लो दिन नै गएर मेरो साथी सकुन नेम्बाङ्गको घरमा बसेकी थिए । सचिव केदार जी र अन्य पाहुनाहरु सबै अधक्क्ष बिश्वास जिकोमा बस्नु भो बिजय हितान दाजु मलाई सकुनको सम्म पुराई राखेर बिहानै हलमा भेट्ने बाचा गर्दै फक्स्टोन घर तिर हुईकिनु भो मैले मन मनै सोंचे, यो खाई न पाईको छालाको टोपी लाई भने जस्तो दौड धुप र दुख किन गर्दै छौं ? यहाँ फाईदा कसलाई छ ? नाम कसको चल्छ आदि आदि ? मनभरी यस्तै कुरो खेलाउंदै साथीले पकाई राखेको मिठो सुँगुरको खुट्टाको अचार, दाल सब्जी र भात खाएर सुतें ।

म शनिबार बेलुकी नै केद्रीय सचिव केदार सुनुवार संकेत जिसंग बेजिंग स्टकमा भईरहेको मेरो माईती गाउँले भेला आधा अधुरै छाडेर आफ्नो बेतलबी कर्तप्य निभाउन हिडेकी थिए । मोटर वे एम २५ मा हल्का जाम थियो, हामी त्यहाबाट सिधै गेट्विक एरपोर्ट गएर प्रोग्रामको लागि अस्ट्रियाबाट आउने, समाजसेवी दिदी सिला स्टाईनरलाई पिकअप गरेर अधक्क्ष बिस्वशदिप जिकोमा मिटिंग बस्न पुग्नु थियो । केदार जी र म समयमा नै पुग्यौं एरपोर्ट तर, सिला दिदीको लेन्डिंग टाईम अझै ४५ मिनेट देखाएकोले हामि आ-आफ्नो चोइजको एक, एक कप कफी किनेर पिउन थाल्यौं । मैले सचिब ज्युको अनुहार पढिरहेकी थिएँ,भोलिको कार्यक्रम, छोटो बेलायत बसाई, धावा, तनाब र दौड्धूपले होला उहाको फेवाताल जस्तो सान्त अनुहारमा थकानका हजारौं भेलहरु उर्लिरहेका थिए । गेट्विक एरपोर्ट अलि सानो र टाढा भएकोले हित्रो एरपोर्ट जस्तो भिडभाड थिएन । कफी सोपमा पनि बस्ने कुर्सि टेबल प्रसस्तै खालि थिए । केहि सृजनाहरुको बारेमा साधारण कुरोकानी गर्दै समय बितेको पत्तै भएन हामीलाई । मान्छे बाहिर निस्कने द्वारको नजिकै बसेका थियौं । तरै पनि, हामीले पहिले नदेखेका मान्छेलाई चिन्ने कुरै भएन । दिदीले उताबाट उड्नु अघि आफ्नो ड्रेस, हेयर स्टाईल र रंगको बारेमा साधारण बताउनु भएको रहेछ सचिव केदार जीलाई, हामी हजारौं मान्छेको भिडमा, तेस्तै दुरुस्त मान्छे खोजि रहेका थियौं ।

दिदी त थाहै नपाई कुनबेला टुप्लुक्क हाम्रो छेउमा प्रकट भई उल्टै हामीलाई सोध्नु भो …हजुरहरू नेपाली हुनुहुन्छ ? हाम्रो अघि हामी र हाम्रा दुई जोडी आँखाहरूले खोजेको जस्तै चट्ट परेको सुन्दर अनुहारमा गोलोगोलो आँखा, हल्का गुलाबी रंगको लिपस्टिक, क्रिम कलरको कोटमा उस्तै रंगको स्कट, अन्दाजी ५५/६० भनेर अन्दाज गर्न सकिने नेपाली महिला युरोपियनहरूको माँझ उभिएकी थिईन् । मैले कल्पना गरें, उनि जमानामा कति राम्री थिईन् होला ? अनि हाम्रो खदा ओढाउने काम सचिब केदार जीबाट भयो, मैले फूलको बुकी थमाएर अंगालो हाल्दै स्वागत को बिट मारें …पालै पालो फोटो खिचौं अनि लाग्यौं आसफोर्ड तिर । सिला दिदीलाई अघिल्लो सिटमा राखेर म पछि बसी नेपालबाट भर्खर आईपुगेको आफ्नै कथा संग्रह ’’ नघुरेको जून’’ ईस्पर्श गर्न थालें ।

हामीले गेट्विक एरपोर्ट छाड्दा नै चरचुरिङ्गिहरू बास बस्न थालिसकेका थियौ । प्राय गेट्विक एरपोर्ट बाट युरोपका जहाजहरू उड्ने र बस्ने गर्छन । हित्रो भन्दा अलिक अभेगमा पर्छ, तर आसफोर्ड, मेजिस्टोन, डोभर र फोकस्टोन तिर बसोबास गर्नेहरूको लागि भने नजिक पर्छ । मसिनो कमिला झैं जमिनका मोटर वेभरि ठूलासाना गाडीहरू ताँती लागेर गुडिरहेका थिए, जहाजहरू कुनै तलतल ओर्लंदै थिए, कुनै माथि माथि आकास चढ्दै थिए हामी बिस्तारै एरपोर्ट देखि टाढिनदै गयौं । बेलायतमा जब समर लाग्छ तेस्पछि कसैलाई फुर्सद हुँदैन त्यो मध्ये म पनि पर्थें, सनिबार आईतबार छुट्टी आयो कि कतै न कतै पुगिरहनु पर्ने, फोटो खिचिरहनू पर्ने, फेसबुकमा हालिरहनू पर्ने, निक्कै रमाईलो लाग्छ आफ्नो जिन्दगी, महिना भरी बिहान बिहानै उठ्दै आँखा मिच्दै जागिरमा दौडिन नपरे त कति मज्जा …कति मज्जा नि लाईफ ।

हाम्रो एरियामा पनि केहि महिना अघि मात्र लाल सुन्दर राई दाजुको अध्यक्षतामा विश्व नेपाली साहित्य महासंघको शाखा खोलिएको र त्यो शाखाको सचिब म भएकोले त्यहाँ पुग्नु र काम गर्नु पर्ने बाध्यता जस्तै बनेको थियो । कार्यक्रममा हामि सबैको आ–आफ्नै जिम्मेवारी थियो, अन्जान ठाउँ, अन्जान परिबेश, नौलो नौलो मान्छे बीच उभिएर मैले दुख शुख मेरो जिम्मेवारी निर्बाह गरेकी थिए । विश्व नेपाली साहित्य महासंघको केन्द्रिय अध्यक्ष श्री बिश्वास दिप तिगेला ज्युको अधक्क्षतामा संचालित त्यो कार्यक्रमका प्रमुख अतिथि, नेपालका लागि बेलायतका राजदुत डाक्टर दुर्गा बहादुर सुबेदÞी ज्यु र नेपालबाट पाल्नु भएका पाहुना बरिष्ठ साहित्यकार, कबि प्रोफेसर तुलसी दिवस ज्यु हुनुहुन्थ्यो, तेसैगरी बिसेष अतिथिहरू बेलायतमा स्थापित संघ संग्थाका असंख्य प्रितिनिधि र नेपालबाट पाल्नु भएका प्रोफेसर, समालोचक डाक्टर, गोबिन्दराज भटराई ज्यु, जर्मनीको लागि पुर्ब राजदुत डाक्टर नोवेल किसोर राई अनि अस्ट्रियाबाट आउनु भएकी समाजसेवी दिदी सिला स्टाईनर लगायत लेखक समालोचक खगेन्द्र संग्रौला तेसैगरी चर्चित गीतकार भाबेष भुमरी ज्यु र एकजना जर्मनको नागरिक प्रोफेसर बी हुनुहुन्थ्यो ।

उक्त कार्यक्रममा विभिन्न शिर्षक र बिषय बस्तुमा आधारित ५ ओटा कार्यपत्र प्रस्तुत गरिएका थिए, ती मध्ये बाताबरण विद दाजु बिजय हितान द्वारा प्रस्तुत बेल्पाली लाहुरे र लाहुरेनी स्रष्टा तथा नलाहुरे र नलहुरेनी स्रष्टा सिर्सकको कार्यपत्रमा म पनि नलाहुरेनी स्रष्टा बन्न सफल भएकी थिए । मैले संचालन गरेको कार्यक्रहरू मध्ये सब भन्दा धेरै कार्यपत्र प्रस्तुत गरिएको पहिलो कार्यक्रम थियो त्यो । यो बेला दाईको छेउमा हाँस्दै बसे पनि मन कताकता नमिठो गरि पोलिरहेको थियो किनकि मैले २ जना प्रमुख अतिथि राखेर जिन्दगीमै पहिलो पल्ट कार्यक्रम संचालन गरेकी थिएँ, तेसैले चिन्ता थियो, दर्सकहरुले मेरो गल्ति देख्लान् र भोलि कुरा गर्लान् भन्ने । नभन्दै त्यस्तै पनि भयो ! मेरो एकजना धेरै पहिले देखि मैले चिनेको र साहित्यमा एकदम नजिक मानेको एक जना दाईले, २ जना प्रमुख अतिथि किन राख्नु भएको बहिनी भन्दै सोध्नु भो, मैले जाने जति कारण बिस्तारै भने, तर कुरैकुरामा यत्रो ठुलो प्रोग्राममा होस्ट चाँही अलिक प्रोफेसनल खोज्नु पर्थ्यो ? भनेर जानेर हो या अन्जानमा हो प्याच्चै भनिदियो । उसले कतै नघुमाई सिधै भनेको यो काँडा जस्तो कुरोले नमिठो गरि घोच्यो मलाई, अनेक सोंचें चित्तै बुझेन, मैले यो प्रोग्राम पहिलो पल्ट चलाएको भएपनि अन्य मेरो आफ्नै गृह जिल्ला ताप्लेजुङ्गको सिंगो प्रोग्राम चलाउछु, चुम्लुङ्गको चलाउँथें, अक्सफोर्ड नेपाली समाजको संधैं मै चलाउछु ।

कसरी यस्तो भो भनेर आफैलाई प्रश्न गरिरहें धेरैबेर सम्म किनकि त्यो दाईले २ प्रमुख अतिथि लगायत अन्य कुरोमा पनि कम्प्लेन गरेको थियो सोंचें मलाई सिधै यस्तो भन्ने मान्छेले अरुसंग मेरो कति कुरो गर्यो होला जस्तो लाग्यो । अन्त्यमा आफुलाई आफैले मनाएँ, ठिकै छ अरुको पनि यस्तै प्रतिक्रिया आए सोचौंला ितर अहिले सम्म कुनैको नराम्रो प्रतिक्रिया भने आएन सबैले राम्रो गर्नु भो भन्ने मात्र पाएँ अहिले लाग्छ, सायद त्यो दाई मेरो प्रिय सुभचिन्तक भएकोले देखेको गल्तीलाई नलुकाई कन आफ्नो सम्झेर पनि भनेको हुन सक्छ, अरुले नराम्रो देखे पनि तेस्लाई लुकाएर राम्रो भनिदिएको पनि हुन सक्छ,यदि तेस्तो आफ्नो सम्झेर भनेको हो भने मेरो दाजुलाई धेरै धेरै धन्याबाद ।

तर, त्यो दिनको कार्यक्रम मैले आफैलाई बिश्वास गरेर निर्धक्क संग चलाएकी थिएँ किनकि कार्यक्रमको बारेमा दुरी र कार्यब्यस्ताको कारण बसेर छलफल गर्न पाएका थिएनौ । अध्यक्ष र सचिव ज्युले प्रोग्राम सुरू हुनु केहि मिनेट अघि मात्र लिस्ट मलाई थमाएका थिए । केन्द्रिय अध्यक्ष र सचिव साथै हुनुहुन्थ्यो । उहाहरुले जे, जे लेख्दै दिन्थे बीच बिचमा त्यै अनुरुप मैले संचालन गरेकी थिए । एक त नेपालीहरुको प्रोग्राममा बोलाएको मान्छेहरू कहिले समयमा आउन्दैन्न ।
अरुलाई पर्खेरै समय जान्छ, ढिलै आएर पनि हामी मानसम्मान खोज्छौं, आसन ग्रहण गरेर खादा लगाई माग्छौं ! तेसैकरण पनि कहिल्यै कार्यक्रम सकिन्न समयमा, त्यो दिन पनि कार्यक्रम नसकुन्जेल मान्छे आउने, जाने क्रम जारी थियो । जतिपल्ट मान्छे आउञ्छ्न्न तेतिनै पल्ट आसन ग्रहनको क्रम जारि राख्यौं ।

कसैको नाम छुट्न गए या नपुकारिएमा ति मान्छे यस्तो रिसाउञ्छ्न्न अर्को पल्टको प्रोग्राम मै आईदिन्दैन्न । यो हेर्दा लाग्छ हामीले अझै सिक्न जान्न र त्यै दाईले भने जस्तो प्रोफेसनल हुन धेरै समय लाग्छ । अब त छोडौं यसो गर्न यस्तो ब्यवहारले हाम्रो कार्यक्रमहरूको शोभा घटाउँछ, हामी बिचको एकता भंग हुन्छ, सदभाब घट्छ, सभ्य त बन्दैनौ, बन्दैनौ भब्य पनि बन्न सक्दैनौ ट्राफिक देखि लिएर अन्य बिभिन्न समस्याले समयमा त पुग्न सक्दैनौ पक्कै पनि हामी तर, म ढिलो पुगेकोले मेरो नाम छुट्यो होला भनेर चित्त बुझाउन सिकौं ।
                                                                  -ताप्लेजुङ्ग, हाल अक्सफोर्ड बेलायत UK