Sunday, September 27, 2026
Home शिक्षा तीन बर्षदेखि विद्यालयमा गयो कि एकोहोरो रुने

तीन बर्षदेखि विद्यालयमा गयो कि एकोहोरो रुने

128

असोज २,
विद्यार्थी विरामी हुने समस्याले गौमुखी गाउँपालिका ठ, नारीकोटस्थित अमृत जीवन माविमा पठनपाठन नै प्रभावित भएको छ ।
तीन बर्षदेखि यस विद्यालयको कक्षाकोठामा दोस्रो र तेस्रो घन्टी सुरु भएपछि विद्यार्थी एकोहोरो रुने, काँप्ने, छटटपटिने र मुटु दुख्यो भन्दै कराउने गर्छन् ।पहिले फाट्टफुट्ट समस्या देखिन्थ्यो गत असार ५ देखि ४६ छात्रछात्रामा प्रत्येक दिन यस्तै समस्या दोहोरिरहेको विद्यालयले जनाएको छ । दैनिक दुई तिन घण्टा विद्यार्थी कक्षाकोठामा बस्नै सक्दैनन् । शिक्षकलाई सम्झाउन मुस्किल हुन्छ । प्रधानाध्यापक रामचन्द्र गिरीले कक्षा २ देखि ७ सम्मका अधिकांश छात्रामा यस्तो समस्या देखापरेको बताए । नेपालगन्ज मेडिकल कलेज र जिल्ला जनस्वास्थ्यबाट आएको चिकित्स टोलीले उपचार गर्दासमेत निको भएन । समस्या चर्कँदै गएपछि विद्यालयमा बोकाको बलि दिएर धामीझाँक्री बसाउँदा पनि समस्या नहटेको गिरिले बताए । कक्षाकोठामा विद्यार्थी रुन थालेको ३ बर्ष भयो, गिरिले भने स्वास्थ्यकर्मीले जाँच गरे । तर, निको भएन ।