Sunday, September 27, 2026
Home अपराध अपराध कबुल गराउन प्रहरीको चर्को यातना

अपराध कबुल गराउन प्रहरीको चर्को यातना

69

असोज २,
एक महिनाअघि हत्या गरिएका पुर्वराजदुत केशवराज झाका भान्से सानुकान्छा तामाङले अपराध कबुल गराउन आफुमाथि प्रहरीले चर्को यातना दिएको बताएका छन् ।

घटनाको अनुसन्धानमा प्रहरीले आफुमाथि चरम यातना दिएको भन्दै क्षतिपुर्ति र सम्बन्धित अधिकारलाई कारबाहीको माग गर्दै उनले मानव अधिकार आयोगमा निवेदन दिएका छन ।
आयोगले त्यसमाथि गम्भीरतापुर्वक छानविन सुरु गरेको जनाएको छ ।

अपराध कबुल गराउन उनीमाथि नियोजित रुपमा यातना दिएको भन्ने उजुरी परेको थियो, जसमाथि हामी यतिखेर प्रहरीसँग बयान लिने क्रममा छौँ, आयोगका एक अधिकारले भने, हिरासतमा लिइएकालार्य यातना दिनु अन्तर्राष्ट्रिय मानव अधिकार कानुनका दृष्टिले अक्षम्य अपराध हो, त्यसमाथि यसलाई हाम्रो मुलुकी अपराध संहिताले पनि भर्खरै अपराधीकरण गरेकाले आयोग यसबारे गम्भीर छ ।,