काठमाडौँ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रूपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने बताएका छन्। नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा आज यहाँ आयोजित कार्यक्रममा सभामुख घिमिरेले सदन सञ्चालनका लागि सबैको साथ आवश्यक रहेको बताएका हुन्। उनले सरकारको नीति तथा कार्यक्रम र बजेट पारितका साथै...
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले चौथोपटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन्। शनिवार नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन्। उनले जेठ ७ गते आफूले चौथोपटक विश्वासको मत लिन लागेको उल्लेख गर्दै जति पटक लिनुपरे पनि विश्वासको मत पाउने दावी गरे। उनले विश्वासको मत आउँदैन कि भन्ने चिन्ता...
काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका-९, मनमैजुमा एक प्रहरी जवान मृत फेला परेका छन्। ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरे मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए। एसपी अधिकारीका अनुसार उनी शुक्रबार अपराह्न ५ बजेतिर निर्माणाधीन घरमा मृत भेटिएका हुन्। स्थानीय बासिन्दाले खबरगरेसँगै प्रहरीको टोली घटनास्थल पुगेको थियो। खोटाङ...
काठमाडौं : कोशी, मधेश र बागमती प्रदेशमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा साथै बाँकी पहाडी भूभागमा एकदुई स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक सहयोग मिल्ला । कला र गलाको प्रभाव बढ्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) राजनैतिक कार्यमा बाधा आउला । शेयर बजारमा दुबिधा उत्पन्न हुनेछ । स्वास्थ्य बिग्रने भय पनि छ, तर साँझमा...
काठमाडौँ : नेपाल राष्ट्र बैंकले घरजग्गा खरिद र सवारी कर्जामा लचिलो नीति लिएको छ। राष्ट्र बैंकले शुक्रवार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सवारी कर्जा र असल कर्जाको जोखिम भार घटाउँदै र घरजग्गा खरिद, संस्थापक शेयर बिक्रीमा लचिलो नीति लिएको हो। मौद्रिक नीतिले बैंक दर,नीतिगत दरहरुमा परिमार्जन परिवर्तन नगरी नियामक नीतिहरुमा केही सहज बनाउने गरी लचकदार नीति...
अमेरिकाको टेक्सास राज्यको सबैभन्दा ठूलो शहर ह्युस्टनमा बिहीवार राति आएको शक्तिशाली आँधीमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ।
आँधीबाट मानिसको मृत्यु कसरी भयो भन्ने तत्काल खुल्न सकेको छैन। आँधीले विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। ह्युस्टन र यसको उपनगरहरूमा धेरै छिमेकी क्षेत्रमा रूखहरू उखेलिएका छन्। आँधीबाट थप क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ।
काठमाडौं : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ। देशका कतिपय स्टेशनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन भएको छ। महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले वर्षा गराउने प्रणाली नभएको तथा स्थानीय र पश्चिमी वायुको प्रभावले तापक्रम बढेको बताइन्। उनले तराई क्षेत्रमा ४० डिग्रीभन्दा माथि तापक्रम...
काठमाडौं : प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक दलहरूबीच सहमति खोज्ने नाममा अपरान्ह ४ बजेका लागि सारिएको थियो। तर दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको हो। बैठक आइतबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको संघीय संसद सचिवालयले जनाएको छ। कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समित बन्नुपर्ने अडान कायम राखेको...
काठमाडौं : सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। आज प्रतितोला १६ सय रुपैयाँ बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो। आज छापावाला सुनको भाउ १ लाख ४० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि १ लाख ३९ हजार रुपैयाँ पुगेर सुनको भाउले रेकर्ड कायम गरेको थियो। उक्त रेकर्ड मूल्य आज तोडिएको हो। बुधबार छापावाला सुनको भाउ प्रतितोला...









