Wednesday, October 7, 2026
Home समाज कोदालो प्रहार गरी एकजनाको हत्या

कोदालो प्रहार गरी एकजनाको हत्या

28
सांकेतिक तस्विर

काठमाडौं : सिरहाको अर्नमा गाउँपालिका–२ ब्रहमपुरीमा कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ। आज बिहान ८ बजे जग्गाको विवाद हुँदा सँधियारले उनीमाथि कोदालो प्रहार गरेर हत्या गरी फरार भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै सिरहा प्रहरी प्रमुख एसएसपी रमेश पण्डितले जानकारी दिए। मृत्यु हुनेमा ५३ वर्षीय बुधराम महतो छन्। मृतक महतो विष्णुपुर चोकमा ग्यास सिलिन्डर र बालिनालीको औषधि तथा बीउबिजनको व्यवसाय सञ्चालन गर्दै आएका थिए। कोदालो प्रहार गर्नेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरी अहिले घटनास्थलमा पुगेको र थप अनुसन्धान गरिरहेको छ।