Sunday, June 28, 2026
Home Blog Page 1813
माघ १७, काठमाडौं- युएई भ्रमणमा रहेको नेपाललाई घरेलु टोलीले पहिलो टी-ट्वान्टीमा १५४ रनको लक्ष्य दिएको छ।टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनायो।उसका लागि साइमन अनवारले सर्वाधिक ५९ रनको योगदान दिए। यस्तै मोहम्मद उस्मानले ३० रन बनाउँदा सिपी रिजवानले २२ रन जोडे। अन्तिममा मोहम्बद बोताले २० रन जोडेका थिए।नेपालका लागि सन्दीप लामिछाने र बसन्त...
बीबीसी। फेसबुकले पैसा तिरेर किशोरकिशोरीको गोप्य व्यक्तिगत जानकारी सङ्कलन गरेको एउटा प्रतिवेदनले देखाएको छ। प्रविधिसम्बन्धी वेबसाइट टेकक्रन्चका अनुसार फेसबुकले गरिरहेको एउटा अध्ययनका लागि विशेषत; १३ देखि १७ वर्ष उमेरका सहभागीहरूलाई तिनीहरूको मोबाइल फोनमार्फत् व्यक्तिगत जानकारी सङ्कलन गर्न मिल्ने बनाएबापत मासिक २० अमेरिकी डलर (लगभग २,३०० नेपाली रुपैयाँ) तिरिएको हो।फेसबुकले यसका लागि आईफोनमा राख्न मिल्ने एप बनाएको र त्यसले एपलको गोपनीयता...
माघ १७, काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा विधेयक,२०७५ संघीय संसद राष्ट्रियसभाबाट पनि पारित भएको छ।  राष्ट्रियसभाको बिहीबार बसेको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रियसभामा पुगेको उक्त विधेयकलाई बहुमतले पारित गरेहको हो।  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विधेयकलाई बहुमतबाट पारित भएको घोषणा गरेका हुन्। राष्ट्रियसभामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उक्त विधेयकलाई प्रतिनिधिसभाको सन्देशसहित पारित गर्नका लागि प्रस्तुत गरेका थिए।  उक्त विधेयकमा...
काठमाडौं – एनसेल कर छली प्रकरणमा परेको मुद्दाका सम्बन्धमा सुनुवाइका लागि बोलाइएको सर्वोच्च अदालतले वृहत् पूर्ण इजलास सरेको छ । उक्त समयअभावको कारण देखाउँदै हेर्दाहेर्दैमा राखेर माघ २० गतेको लागि सारिएको हो ।एनसेल बिक्रीवापत सरकारलाई तिर्नुपर्ने लाभकर सहित करीब ७१ अर्ब रुपैयाँ नतिरेको बारे सुनुवाइका बृहत पूर्ण इजलास बोलाइएको थियो । उक्त मुद्दाको सुनुवाईका लागि सर्वोच्च अदालतले पूर्ण इजलास गठन गरेको...
माघ १७, काठमाडौँ — प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अवरोधकाबीच राष्ट्रिय सभाको बैठक सञ्चालन गरिएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले चिकित्सा शिक्षा विधेयकमाथि छलफल अगाडि बढाएका छन् ।शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक छलफलका लागि पेश गरेपछि छलफल अगाडि बढाइएको छ।प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका जीतेन्द्र नारायण देवले बैठक सुरु हुने बित्तिकै अनशनरत डाक्टर गोविन्द केसीको माग पुरा गर्न आग्रह...
माघ १७, काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल बलदेवले चीनमा कृषि पढ्न जाने विद्यार्थीको कोटा बढाउन चीन सरकारसँग आग्रह गरेका छन्। नेपालका लागि चीनियाँ राजदुत होउ यानकीले बीहिबार मन्त्रालयमा गरेको शिष्टाचार भेटमा मन्त्री खनालले अहिले थोरै संख्यामा नेपाली विद्यार्थी कृषि पढ्न चीन जाने गरेको भन्दै त्यो संख्या बढाउन आग्रह गरेका हुन्। आधिकारिक रुपमा चीनका विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीको संख्या...
माघ १७ संसदमा बिहिबार बोल्दै सांसद मिनेन्द्र रिजालले सरकार र सभामुखको भूमिकाको आलोचना गरे। दम्भ र अहंकारबाट सरकार अघि बढेकोले समृद्धि र सुख दुवै नआउने रिजालले बताए। संसदमा बिहिबार बोल्दै सांसद मिनेन्द्र रिजालले सरकार र सभामुखको भूमिकाको आलोचना गरे। दम्भ र अहंकारबाट सरकार अघि बढेकोले समृद्धि र सुख दुवै नआउने रिजालले बताए।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीसँग किन वार्ता...
माघ १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकको समृद्धिको अभियानलाई दृढतापूर्वक अगाडि बढाइरहेको बताएका छन्। प्रधानमन्त्री ओलीले सरकारले मुलुकमा नयाँ–नयाँ कामको थालनी गरिरहेको र त्यसले एकपछि अर्को सफलता चूमिरहेको दाबी पनि गरे। बिहीबार नेपाल टेलिभिजनको ३४ औं वार्षिकोत्सव तथा एचडी प्रशारणको शुभारम्भ गर्दै उनले जनताको विकासको चाहनालाई तीव्रता दिन सरकारले नयाँ–नयाँ प्रविधिको विकासमा जोड दिएको पनि स्पष्ट पारे।...
१७ माघ, काठमाडौं । राष्ट्रियसभामा पुगेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा नेपाली कांग्रेसले दुईवटा संशोधन दर्ता गरेको छ । कांग्रेस सांसद राधेश्याम अधिकारीले बिहीबार संशोधन दर्ता गरेको संसद सचिवालयले जनाएको छ । यस्तै कांग्रेसकै सरिता प्रसाईं, प्रकाश पन्थ र बद्रीप्रसाद पाण्डेले विधेयकमा संयुक्त रुपमा छुट्टै संशोधन दर्ता गरेका हुन ।सरकार समर्थक दल राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद वृषेशचन्द्र लालले बुधबार संसद...
माघ १७,काठमाडौँ —  एनसेलको कर छलीसम्बन्धी मुद्दाको सुनुवाई प्रधान न्यायाधीश चोलेन्द्र शमसेर राणासहितको वृहत पूर्ण इजलासमा विहीबार हुँदैछ । यसअघि पटक–पटक स्थगित र हेर्दाहेर्दैमा राखिएको मुद्दालाई राणा प्रधान न्यायाधीश भएलगत्तै नियमित इजलासमा सारेका थिए ।एनसेलको मुद्दा राणासहित मीरा खड्का, विश्वम्भर प्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको वृहत पूर्णइजलासमा राखिएको हो । यसअघि हेर्दाहेर्दैमा राखेर फैसला हुन लाग्दा न्यायाधीश...