Friday, September 25, 2026
Home राजनीति कांग्रेसको अवरोधबीच राष्ट्रियसभाको बैठक  जारी

कांग्रेसको अवरोधबीच राष्ट्रियसभाको बैठक  जारी

202

माघ १७,

 

काठमाडौँ — प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अवरोधकाबीच राष्ट्रिय सभाको बैठक सञ्चालन गरिएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले चिकित्सा शिक्षा विधेयकमाथि छलफल अगाडि बढाएका छन् ।

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक छलफलका लागि पेश गरेपछि छलफल अगाडि बढाइएको छ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका जीतेन्द्र नारायण देवले बैठक सुरु हुने बित्तिकै अनशनरत डाक्टर गोविन्द केसीको माग पुरा गर्न आग्रह गर्दै आजै वार्ता टोली गठन गर्न आग्रह गरे। कांग्रेसका सांसदहरुले राष्ट्रियसभामा उभिएर विरोध गरिरहेका छन्।