एनसेलको कर छलीसम्बन्धी मुद्दाको सुनुवाई फेरी सारियो

85

काठमाडौं – एनसेल कर छली प्रकरणमा परेको मुद्दाका सम्बन्धमा सुनुवाइका लागि बोलाइएको सर्वोच्च अदालतले वृहत् पूर्ण इजलास सरेको छ ।
उक्त समयअभावको कारण देखाउँदै हेर्दाहेर्दैमा राखेर माघ २० गतेको लागि सारिएको हो ।

एनसेल बिक्रीवापत सरकारलाई तिर्नुपर्ने लाभकर सहित करीब ७१ अर्ब रुपैयाँ नतिरेको बारे सुनुवाइका बृहत पूर्ण इजलास बोलाइएको थियो ।
उक्त मुद्दाको सुनुवाईका लागि सर्वोच्च अदालतले पूर्ण इजलास गठन गरेको थियो ।
पूर्ण इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू मीरा खड्का, विश्वम्रभप्रसाद श्रेष्ठ, आनन्द माहेन भट्टराई र टंकबहादुर मोक्तान रहेका छन् ।

मलेसियन कम्पनी एक्जियटालाई एनसेल बिक्री गर्दाको कर नेपाल सरकारलाई नतिरी स्विडिस कम्पनी टेलिया सोनेरा नेपालबाट फिर्ता भइसकेको छ ।

बिक्रेताले नेपालमा आफ्नो कुनै दायित्व नरहेको भन्दै कर तिरेको छैन भने एनसेल एक्जियटाले भने उक्त रकम बिक्रेताकै दायित्व अन्तर्गत रहेको दाबी गर्दै आएको छ ।