Saturday, May 16, 2026
Home Blog Page 177
काठमाडौं । काठमाडौं । हिन्दु धर्ममा बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव कृष्णको अवतारको पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल...
भारतको राजधानी दिल्लीस्थित एयरपोर्टमा मङ्गलबार आन्तरिक विमानभित्र बम भएको धम्कीको सूचना आएपछि विमानलाई तत्काल आइसोलेशनमा लगिएको अधिकारीले बताएका छन्। उक्त धम्की झुटो साबित भएको छ। अधिकारीका अनुसार दिल्लीबाट वनारसतर्फ उडान भरिरहेको निजी एयरलाइन्स इन्डिगोको विमानभित्र बम भएको धम्कीबारे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी गराएपछि विमानलाई तुरुन्तै आइसोलेशनमा लगिएको थियो। एक सय ७७ यात्रु बोकेको उक्त विमान विमानस्थलबाट उड्नुभन्दा केही...
काठमाडौँ : १७ औं गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेश सरकारले प्रभातफेरी गरेको छ। प्रदेश सरकारले मंगलवार विराटनगरमा प्रभातफेरी आयोजना गरेको हो। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निकालिएको प्रभातफेरी रोडशेष, बसपार्क हुँदै महेन्द्र चोक पुगेर समापन भएको थियो। प्रभातफेरीको समापन समारोहमा बोल्दै सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले गणतन्त्रलाई अझ बलियो बनाउँदै लैजानुपर्ने विषयमा जोड दिए।कोशी प्रदेशस्तरीय मूल समारोह...
काठमाडौं : सहकारी ठगी प्रकरणको छानबिन गर्नका लागि गठन हुने संसदीय समितिको कार्यादेश (टिओआर) टुंगो लागेको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा मंगलबार बसेको कार्यदलको बैठकले टिओआरलाई अन्तिम रुप दिएको हो। कार्यदलले टिओआर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ। कानुन मन्त्रीसमेत रहेका कार्यदलका संयोजक पदम गिरीका अनुसार मंगलबार बस्ने प्रतिनिधिसभा बैठकअघिको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदीय छानबिन समितिमा...
काठमाडौं : गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीहरूले महिनावारीको ४ दिन सडकमा ड्युटी गर्न नपर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालबाट यस्तो व्यवस्था गरिएको बताए। उनीहरुको सट्टामा मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरूले स्वयम् सेवकका रुपमा सडकमा खटाइने उनले बताए। उनले भनेका छन्,‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास। अब देखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीको ४ दिन सडकमा...
काठमाडौँ : बजेट पास गर्न अर्थमन्त्री वर्षमान पुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्। उनी मन्त्रिपरिषद् बैठकका लागि प्रधानमन्त्रीको कार्यालय पुगेका छन्। आज बजेट घोषणा हुँदै छ। अहिले ३ बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री पुनले बजेट प्रस्तुत गर्नेछन्। सरकारले १९ खर्ब हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। राष्ट्रिय योजना आयोगले भने १८ खर्बभित्र रहेर बजेट...
भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर उपप्रमुख (उप मेयर) रमेश बुढाथोकीले आफुले पाउने तलब भत्ताको रकम सानासाना स्कुले बाबुनानीहरुको लागि खर्च गरेको बताएका छन् । नगरपालिकामा पत्रकारहरु माझ आफ्नो दुई वर्षको कार्यकालको अनुभव सुनाउदैं उपप्रमुख बुढाथोकी दुई वर्षको करिब १० लाख रुपैयाँ विद्यार्थीहरुकै लागि खर्च गरेको जानकारी दिए ।सरकारी नियम अनुसार कर कट्टा गरेर आफुले मासिक पाउने ३० हजार,...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो रहेको छ । हाल मौसमको अवस्था अनुसार कोशी प्रदेशमा साधारणतया बदली रहि देशका पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा साथै बागमती प्रदेशको पहाडी...
काठमाडौं । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि पूजाको अगाडि...
बीबीसी । भारत र पाकिस्तानका कतिपय भागमा केही समय यता चलिरहेको तातो हावाको लहरले दैनिक जीवनलाई असामान्य बनाइरहेको छ। बिहीवार उत्तर भारतमा तापक्रम ४५ डिग्री सेल्सिअसभन्दा माथि पुग्यो भने राजस्थान राज्यको बरमर सहरमा त्यसले ४८.८ डिग्री सेल्सिअस छुन पुग्यो। पाकिस्तानमा पनि पञ्जाब र सिन्ध प्रान्तमा अवस्था खराब रहेको अधिकारीहरूले बताएका छन्।भारतीयहरू के भन्छन्? भारतको मौसम विभागले तातो हावाको लहर आउँदो...