Sunday, September 27, 2026
Home समाज महिला ट्राफिक प्रहरीले महिनावरीको चार दिन सडकमा ड्युटी गर्नु नपर्ने

महिला ट्राफिक प्रहरीले महिनावरीको चार दिन सडकमा ड्युटी गर्नु नपर्ने

55

काठमाडौं : गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीहरूले महिनावारीको ४ दिन सडकमा ड्युटी गर्न नपर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालबाट यस्तो व्यवस्था गरिएको बताए। उनीहरुको सट्टामा मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरूले स्वयम् सेवकका रुपमा सडकमा खटाइने उनले बताए। उनले भनेका छन्,‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास। अब देखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीको ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरूले स्वयम् सेवकका रुपमा उहाँहरूको साटो सडकमा सघाउनु हुनेछ।’