Monday, September 28, 2026
Home राजनीति गणतन्त्र दिवसमा कोशी प्रदेश सरकारको प्रभातफेरी

गणतन्त्र दिवसमा कोशी प्रदेश सरकारको प्रभातफेरी

64

काठमाडौँ : १७ औं गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेश सरकारले प्रभातफेरी गरेको छ। प्रदेश सरकारले मंगलवार विराटनगरमा प्रभातफेरी आयोजना गरेको हो। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निकालिएको प्रभातफेरी रोडशेष, बसपार्क हुँदै महेन्द्र चोक पुगेर समापन भएको थियो। प्रभातफेरीको समापन समारोहमा बोल्दै सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले गणतन्त्रलाई अझ बलियो बनाउँदै लैजानुपर्ने विषयमा जोड दिए।कोशी प्रदेशस्तरीय मूल समारोह समितिको आयोजनामा सरकारले निकालेको प्रभातफेरी कार्यक्रममा भने सरकारका विभागीय मन्त्री, मुख्य सचिव, सचिवसहित सरकारका कर्मचारी, सुरक्षानिकाय र सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।