फागुन १५,
काठमाडौँ -नेपालले भारत र पाकिस्तानबीच जारी तनाबको शान्तिपूर्ण समाधान हुनुपर्ने धारणा सार्वजनिक गरेको छ । बुधबार परराष्ट्रमन्त्रालयले जारी गरेको बिज्ञप्तिमा सार्कको अध्यक्षका रूपमा नेपालले यस क्षेत्रको शान्ति स्थिरताको महत्व बुझ्न पनि आग्रह गरेको छ ।२ फागुनमा जम्मू काश्मिरको पुलवामामा भएको आतंककारी हमलाको निन्दा गरेको नेपालले स्मरण गराएको छ । परराष्ट्रले बिज्ञप्तिमा भनेको छ ुदक्षिण एसियामा शान्ति र स्थिरताको...
फागुन १५,
काठमाडौं -संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार ताप्लेजुङमा दुर्घटना भएको विषयमा छलफल गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक बसिरहेको छ। मन्त्रिपरिषदको आकस्मिक बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिहरेको छ। दुर्घटनाको खबर आएलगत्तै मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको थियो। मन्त्रिपरिषद बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल...
फाल्गुन १५,
काठमाडौँ -पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङको सिस्नेखोलामा दुर्घटना हुँदा हेलिकोप्टरमा सवार सातै जनाको मृत्यु भएको छ ।
अन्तराष्ट्रिय त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार बुधबार काठमाडौंबाट तेह्रथुमका लागि उडेको एअर डाईनेष्टिको हेलिकोप्टर दुर्घटना हुँदा चालक प्रभाकर श्रेष्ठसहित सात जनाको मृत्यु भएको हो । हेलिकोप्टरमा चालकसहित पर्यटनमन्त्री रविन्द्र अधिकारी, यति एयर लाइन्सका मालिक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर...
फाल्गुन १५,
काठमाडौँ — हेलिकप्टर दुर्घटनास्थल पुगेका पाथिभरा मन्दिरका कर्मचारी रामु लिम्बुका अनुसार हेलिकप्टर टुक्रा-टुक्रा भएको र ५ वटा शव जलिरहेको अवस्थामा रहेको छ । घटनास्थलमा प्रहरी र स्थानीय पुगिसेकेका छन् । 'हेलिकप्टर टुक्रा-टुक्रा भएर जलिरहेको छ,' उनले टेलिफोनमा भने, 'प्रहरी आइपुगेको छैन। हामीले जीवित व्यक्ति भेटेका छैनौं। ५ वटा लाश जलिरहेको अवस्थामा छ।'घटनास्थलमा पुगेका ठूलो फेदी स्वास्थ्य केन्द्रका इन्चार्ज...
फागुन १५
धादिङ -दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीमा दक्षिण एशियाकै सबेभन्दा ठूलो सिमेन्ट उद्योग सञ्चालनको अन्तिम तयारी गरिएको छ । सरकार वैदेशिक लगानी भित्र्याई मुलुकलाई आर्थिकरुपमा समृद्ध पार्नका लागि चिनियाँ कम्पनी ह्वासिनले सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन लागेको हो ।
ह्वासिनसँग प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको बेला नेपालमा १५ अर्बको लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने सहमतिअनुसार धादिङको ताल्तीलाई आफ्नो उत्पादनस्थल...
फागुन १५ ,
काठमाडौं-वाइडबडी खरिदमा भएको भ्रष्टाचारमा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौं प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मी लाई प्रहरीले पक्राउ गरेको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई बर्खास्त गर्न र वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहितका अधिकारकर्मरी पक्राउ परेका हुन् । वाइडबडी खरिदका दोषीलाई कारबाही गर्न ध्यानाकर्षण गराउँदै मानव...
फाल्गुन १५,
काठमाडौँ -संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका-१० सिस्ने भन्ने ठाउँमा दुर्घटना भएको ताप्लेजुङ विमानस्थलले विराटनगर टावरलाई जानकारी दिएको छ ।तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गरेर ताप्लेजुङमा रहेको पाथिभरा दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको गृह सचिव प्रेमकुमार राईले बताएका छन्।राज्य व्यवस्था समितिमा नागरिकताको...
फागुन १५
काठमाडौं -भारत र पाकिस्तानबीच बुधबार बिहानदेखि कस्मिरमा जारी तनावपछि नेपालका हवाई उडान पनि प्रभावित भएका छन्। भारत र पाकिस्तानी आकाशमा जहाज उड्न नदिएपछि नेपालबाट भारत र पाकिस्तानी आकाश भएर पश्चिम उड्ने जहाजको रूट परिवर्तन गरिएको छ। त्रिभुवन विमानस्थलका प्रमुख राजकुमार क्षेत्री नयाँदिल्लीबाट बिहानै जम्मु कस्मिरमाथिको आकाश प्रयोग नगर्न सुचना आएको बताए। ‘उहाँहरू सुचना आएपछि हामीले नेपालबाट उडान...
फागुन १५
धरान -नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकता दुई थान अत्याधुनिक हतियारसहित पक्राउ परेका छन् । प्रहरीले धरानको पानमारा सडकखण्डमा मोटरसाइकलबाट मोरङतर्फ जाँदै गरेका विप्लवका कार्यकर्ता मोरङको बेलबारी नगरपालिका(१० का देवकुमार लिम्बू 'सन्दीप' लाई लङ मेसिन गन र एम–१६ सहित पक्राउ गरेको हो ।पानमारास्थित सडकमा नियमित चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले मोटरसाइकलबाट मोरङतर्फ जाँदै...
फागुन १५,
डोटी -नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइलका रिर्चाज कार्डका पिन नम्बर आधामात्रै भएपछि सेवाग्राही मर्कामा परेका छन् । डोटीमा बिक्री वितरण भइरहेका कयौँ रिचार्ड कार्डमा आधामात्रै पिन नम्बर र बिना सिरियल नम्बरका रिचार्ज भेटिएका हुन् । बजारमा बिना सिरियल नम्बर र आधामात्रै पिन नम्बरका कार्ड फेला परेको गुनासो आएपछि नेपाल टेलिकम दिपायल राजपुरका प्राविधिक प्रकाश चौधरीले त्यस्ता कार्ड...



