मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा जारी

121

फागुन १५,
काठमाडौं -संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार ताप्लेजुङमा दुर्घटना भएको विषयमा छलफल गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक बसिरहेको छ। मन्त्रिपरिषदको आकस्मिक बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिहरेको छ। दुर्घटनाको खबर आएलगत्तै मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको थियो। मन्त्रिपरिषद बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बालुवाटारमा छन। प्रचण्डको सचिवालयका अनुसार अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीबीच दुर्घटनाबारे छलफल भएको थियो। मन्त्री अधिकारी सवार एयर डाइनेस्टीको हेलिकोप्टर बुधबार दिउँसो ताप्लेजुङमा दुर्घटनामा परेको थियो। दुर्घटनामा सवार सातजनाकै निधन भएको ताप्लेजुङ प्रहरीले पुष्टी गरेको छ।