Monday, September 21, 2026
Home समाचार भारत-पाकिस्तान तनावपछि नेपालबाट उड्ने जहाजको रूट परिवर्तन

भारत-पाकिस्तान तनावपछि नेपालबाट उड्ने जहाजको रूट परिवर्तन

92

फागुन १५
काठमाडौं -भारत र पाकिस्तानबीच बुधबार बिहानदेखि कस्मिरमा जारी तनावपछि नेपालका हवाई उडान पनि प्रभावित भएका छन्। भारत र पाकिस्तानी आकाशमा जहाज उड्न नदिएपछि नेपालबाट भारत र पाकिस्तानी आकाश भएर पश्चिम उड्ने जहाजको रूट परिवर्तन गरिएको छ। त्रिभुवन विमानस्थलका प्रमुख राजकुमार क्षेत्री नयाँदिल्लीबाट बिहानै जम्मु कस्मिरमाथिको आकाश प्रयोग नगर्न सुचना आएको बताए। ‘उहाँहरू सुचना आएपछि हामीले नेपालबाट उडान गर्ने अन्तर्राष्ट्रिय एयरलाइन्स पनि त्यही सूचना पठाएका छौं । ,अब भारतको अहमदावादभन्दा उता यहाँबाट उड्ने जहाज जाँदैनन्,’ क्षेत्रीले भने,‘भारतले त्यसका लागि नयाँ रूट दिएको छ। उनीहरू त्यसैमा उडिरहेका छन्।’ काठमाडौंबाट टर्किस, कतार लगायतका एयरलाइन्स पाकिस्तानी आकाश भएर उडान गर्थे।