भारत र पाकिस्तान लाई नेपालले भन्यो, ‘संयम अपनाउ, सम्बादबाट समाधान खोज’

153

फागुन १५,
काठमाडौँ -नेपालले भारत र पाकिस्तानबीच जारी तनाबको शान्तिपूर्ण समाधान हुनुपर्ने धारणा सार्वजनिक गरेको छ । बुधबार परराष्ट्रमन्त्रालयले जारी गरेको बिज्ञप्तिमा सार्कको अध्यक्षका रूपमा नेपालले यस क्षेत्रको शान्ति स्थिरताको महत्व बुझ्न पनि आग्रह गरेको छ ।

२ फागुनमा जम्मू काश्मिरको पुलवामामा भएको आतंककारी हमलाको निन्दा गरेको नेपालले स्मरण गराएको छ । परराष्ट्रले बिज्ञप्तिमा भनेको छ ुदक्षिण एसियामा शान्ति र स्थिरताको महत्वलाई ध्यानमा राख्दै सार्कको बर्तमान अध्यक्षका रूपमा नेपाल दुबैपक्षलाई यो क्षेत्रको शान्ती र सुरक्षालाई चुनौती दिने कुनै एक्सनमा सामेल नहुन र अधिकतम संयम अपनाउन आग्रह गर्दछ ।ु नेपालले परिस्थितिलाई सामान्यिकरण गर्न र तनाव घटाउन शान्तिपूर्ण सम्बाद मार्फत समाधान खोज्न पनि आग्रह गरेको छ ।