Wednesday, July 1, 2026
Home Blog Page 1757
फागुन १६, हनोई, – उत्तर कोरियाका नेता किम जोङ अन प्योङयाङमा अमेरिकी स्थायी कुटनीतिक नियोग खोल्न सकारात्मक रहेको बताउनुभएको छ । नेता किमले अमेरिकाले प्योङयाङमा सम्पर्क कार्यालय खोले आफूले त्यसलाई स्वागत गर्ने बताउनुभयो । कोरियाली युद्धका कारण एकअर्काका विरोधी देखिएका उत्तर कोरिया र अमेरिकाबीच रहेको विगतको तिक्ततापूर्ण कुटनीतिक सम्बन्धलाई सामान्यीकरण गर्न कोरियाली नेताको यो प्रारम्भिक कदम हो ।...
फागुन १६ सुकेटार -सुकेटार विमानस्थलमा मौषम सुधार भएपछि शवहरु राजधानी पठाइएको छ । हिमपातका कारण बुधबार भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको शव काठमाडौँ लैजान समस्या भएको थियो । १२ बजे लगत्तै मौषममा सुधार आएपछि अहिले सातै जनाको शव लिएर नेपाली सेनाको हेलिकोप्टर विमानस्थलबाट राजधानीका लागि उडेको छ । अबको केही समयमै शव राजधानी आईपुग्नेछ ।
फागुन १६ काठमाडौं -नेपाली सेनाले २० फागुनदेखि सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा २०७५ कार्यान्वयनमा आउने जनाएको छ । कोषले महाशिवरात्री तथा सेना दिवसको अवसरमा सो कर्जा कार्यान्वयनमा ल्याउन लागेको हो । कोषले सो कर्जाले आफ्ना हिताधिकारीका सन्ततिहरुलाई प्राविधिक विषयमा उच्च शिक्षा हासिल गराई सम्मानपूर्ण जीवनयापनमा सहयोग पुग्न सक्ने अपेक्षा राखेको छ ।सेनाले स्वदेश वा विदेशमा चिकित्साशास्त्र, इन्जिनियरिङ्ग, सूचना प्रविधि,...
फागुन १६, काठमाडौँ -आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक शुक्रबार दिनको ३ बजे बस्ने गरी स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आज एक सूचनामार्फत् आजको बैठक स्थगित भएको जानकारी दिनुभयो ।बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत सात जनाको निधन भएकामा सरकारले आज राष्ट्रिय शोकको घोषणा...
फागुन १६, काठमाडौँ -काठमाडौँ उपचाररत सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्लको स्थास्थ्यमा सुधार नभएपछि थप उपचारको लागि बिहिवार भारतको नयाँ दिल्ली लगिने भएको छ। एयर एम्बुलेन्स मार्फत प्रदेश प्रमुख मल्ललाई नयाँ दिल्लीको गुडगाँउ स्थित मेदान्त अस्पताल लैजान लागिएको उनका प्रेस संयोजक गजेन्द्र ओझाले बताए । ‘उहाँलाई हिजो नै लैजाने तयारी भएको थियो तर मौसमको खराबीका कारण एअर...
फागुन १६, पोखरा -संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लगातार तीन पटक निर्वाचन जितेको क्षेत्र, त्यसमा पनि जीवनको केही समय अध्यापन गरेको भविष्य निर्माण मावि अन्ततः उहाँको जिल्लाको अन्तिम सम्बोधन स्थल बन्न पुग्यो ।जिल्ला र निर्वाचन क्षेत्रका कार्यक्रमलाई सधैँ प्राथमिकतामा राख्ने अधिकारी यही फागुन १२ गते पोखरा २१ स्थित भविष्य निर्माण माविको ६६ औँ वार्षिकोत्सवमा प्रमुख अतिथिका रुपमा...
फागुन १६, चितवन -नेपाल नेत्रज्योति सङ्घ चितवनले पर्साको ठोरीमासञ्चालन गरेको आँखा उपचार केन्द्रमा सेवा लिन आउने बिरामी अधिकांश भारतीय नागरिक रहेका छन् । सङ्घले विसं २०७२ देखि आँखा उपचार केन्द्र ठोरीको नाममा आँखा अस्पताल सञ्चालन गर्दै आएको छ ।अस्पतालमा दैनिक ५० देखि ६० उपचारका लागि आउने र तीमध्ये ९५ प्रतिशत भारतीय नागरिक रहेको भरतपुर आँखा अस्पतालका सूचना अधिकारी...
फागुन १६, भद्रपुर -पूर्व पश्चिम राजमार्ग अन्तगरग झापाको शिवसताक्षीमा बोलेरो जीपले ठक्कर दिदा साइकलयात्रीको मृत्यु हुन गएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ११ स्थित दुधे निवासी ४७ वर्षीय दिपक राई रहेको प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। प्रहरीकाअनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ च ९४२९ नम्बरको बोलेरो जीपले साईकलमा सवारमा राईलाई ठक्कर दिएको थियो । जीपको...
फागुन १६ काठमाडौ - नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएकाको परिवारलाई भेट गर्दे समवेदना प्रकट गरेका छन् । मन्त्री निवास पुल्चोकमा पुगी प्रचण्डले आज बिहान दिवंगत पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको बुबा, आमा र श्रीमतीलाई भेट गरी समवेदना प्रकट गरेका हुन् । त्यसैगरी व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक...
फागुन १६, हनोइ, भियतनाम -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर सम्मेलनले सकारात्मक नतिजा निकाल्ने आफ्नो विश्वास रहेको उत्तर कोरियाली नेता किम जोङ उनले बताउनुभएको छ । दुई नेताबीच भियतनामको राजधानी हनोइमा बुधबार भएको भेटमा किमले ट्रम्पलाई भन्नुभयो, “म विश्वस्त छु कि सम्मेलनबाट विशिष्ट परिणाम प्राप्त हुनेछ, जसलाई सबैले स्वागत गर्नेछन् ।” “म वार्ता सफल पार्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु,” किमले...