Saturday, October 17, 2026
Home राजनीति प्रतिनिधिसभाको बैठक स्थगित, अब शुक्रबार बस्ने

प्रतिनिधिसभाको बैठक स्थगित, अब शुक्रबार बस्ने

96

फागुन १६,
काठमाडौँ -आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक शुक्रबार दिनको ३ बजे बस्ने गरी स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आज एक सूचनामार्फत् आजको बैठक स्थगित भएको जानकारी दिनुभयो ।

बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत सात जनाको निधन भएकामा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेकाले प्रतिनिधिसभाको बैठक बस्न नसक्ने जानकारी दिनुभयो ।

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक शुक्रबार दिनको ३ बजेका लागि तय गर्नुभएको महासचिव भट्टराईले जानकारी दिनुभयो ।