फागुन १६,
भक्तपुर । ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भयो । यो दुर्घटनामा परेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।
तेहि कहाली लाग्दो दुर्घटनामा भक्तपुरले पनि एक जना छोरो गुमायो । उनी थिए नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ । श्रेष्ठको निधनले भक्तपुर नगरपालिका वडा नम्बर १० याताछेँ...
फागुन १६
काठमाडौं – हेलिकप्टर दुर्घटनामा परेका सातै जनाको शव पोस्टमार्टमका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ। मन्त्री अधिकारीसहित अन्यको शव त्रिवि लैजाने थाहापाएपछि आफन्त, विशिष्ट व्यक्तित्व तथा पार्टीका कार्यकर्ताको भिड लागेको छ।काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभराको दर्शन गरेर काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो।हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन...
फागुन १६,
काठमाडौँ -नेपालले मानवअधिकार संरक्षण एवम् प्रवद्र्धनप्रतिको अन्तर्राष्ट्रिय प्रतिबद्धताबाट विमुख नभएको स्पष्ट गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त मिचेल बेचेलेटसँग बुधबार जेनेभामा भएको भेटवार्तामा मानवाधिकार रक्षामा नेपाल दृढ रहेको बताउनुभएको हो ।
सफलतापूर्वक टुङ्गिएको नेपालको शान्ति प्रक्रिया, लोकतान्त्रिक रुपान्तरण र त्यसपछिका कानूनी प्रक्रिया, समावेशी विकासबारे भेटवार्तामा मन्त्री ज्ञवालीले जानकारी गराउनुभएको संयुक्त राष्ट्रसङ्घका लागि जेनेभास्थित स्थायी...
फागुन १६
काठमाडौं - हेलिकोप्टर दुर्घटनामा निधन भएका संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा केन्द्रीय सदस्य रवीन्द्र अधिकारीसहित अन्य मृतकको शव श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ । नेकपा केन्द्रीय सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव बिष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा पोष्टमार्टम गरिसकेपछि श्रद्धाञ्जलीका लागि पार्थिव शरीर सैनिक मन्चमा राखिने उल्लेख छ । नेकपाले...
फागुन १६,
काठमाडौँ -ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव काठमाडौँ ल्याइएको छ ।आज मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकप्टरबाट आज अपराह्न १ बजेर २५ मिनेटमा ती शव त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ल्याइएको हो । शव छुट्टाछुट्टै शववाहनमा राखेर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिने भएको छ ।...
फागुन १६,
पाँचथर -हेलिकप्टर दुर्घटनामा परि निधन भएका पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीको तेह्थुमको आठराई गाँउपालिकाको चुनवानडाँडामा भएको कार्यक्रम नै अन्तिम बन्यो। प्रस्तावित विमास्थलको स्थलगत अवलोकनका क्रममा उनीसहितको टोली चुनावडाँडा आईपुगेको थियो। उनले त्यहाँ हवाई मैदान बनाउनेदेखि देशको समृद्धिका बारे आफ्नो सम्बोधनमा राखेका थिए। यस्तो थियो रवीन्द्र अधिकारीको अन्तिम सम्बोधन :अहिले हामी एयरर्पोटको सन्दर्भ चलाउन हैन बनाउन...
बीबीसी, फागुन १६
काठमाडौं -अमेरिकाले आफूविरुद्ध लगाएका आर्थिक प्रतिबन्धहरू हटाउने उत्तर कोरियाको मागबारे सहमति हुन नसक्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ-अन बीचको शिखरवार्ता विनासहमति टुङ्गिएको छ। ट्रम्प र किम भियतनामको हनोईमा परमाणु निरस्त्रीकरणबारे छलफल गर्न भेला भएका थिए। वार्ता विफल भएपछि ह्वाइट हाउसकी प्रवक्ता स्यारा स्यान्डर्सले एउटा विज्ञप्तिमा भनिन्, "यसपटक कुनै सहमति हुन सकेन। तर...
फागुन १६,
काठमाडौं -पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनको शोकमा आज नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले पार्टीको झण्डा आधा झुकाउने भएको छ । नेकपा सचिवालयको बिहीबार बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका सबै कार्यालयमा आज आधा झण्डा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राखिनेछ भने २३ गते केन्द्रीय कार्यालयले श्रद्धाञ्जली कार्यक्रम समेत गर्नेछ...
फागुन १६,
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन मन्त्री रवीन्द्र अधिकारी र यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधनबाट आफूले परिवारको सदस्य गुमाए झैं असह्य पीडा महशुस गरेको जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याट्समार्फत् ओलीले मन्त्री अधिकारी र शेर्पा समृद्ध नेपाल र सुखी नेपालीको सारथीका रूपमा रहेको उल्लेख गरेका छन् ।प्रधानमन्त्री ले लेखेका छन् -हामीले देखेको...
