फागुन १६,
काठमाडौँ -काठमाडौँ उपचाररत सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्लको स्थास्थ्यमा सुधार नभएपछि थप उपचारको लागि बिहिवार भारतको नयाँ दिल्ली लगिने भएको छ। एयर एम्बुलेन्स मार्फत प्रदेश प्रमुख मल्ललाई नयाँ दिल्लीको गुडगाँउ स्थित मेदान्त अस्पताल लैजान लागिएको उनका प्रेस संयोजक गजेन्द्र ओझाले बताए । ‘उहाँलाई हिजो नै लैजाने तयारी भएको थियो तर मौसमको खराबीका कारण एअर एम्वुलेन्सले उडान भर्न सकेन त्यसैले आज लगिदै छ,’ संयोजक ओझाले भने। स्थास्थ्यमा एकाएक समस्या आएपछि प्रदेश प्रमुख मल्ललाई सुदूरपश्चिम प्रदेश सरकारको पहलमा फागुन ५ गते हेलिकप्टरबाट काठमाडौं लगिएको थियो। छातीमा गम्भिर सङ्क्रमण देखिएको चिकित्सकले बताएका छन्। चिकित्सकको सल्लाहमा टिचिङ अस्पताल उपचाररत उनलाई थप उपचारको लागि मेदान्त लग्न लागीएको हो।