Saturday, September 26, 2026
Home समाज साइकलयात्रीको जीपले ठक्कर दिदा मृत्यु

साइकलयात्रीको जीपले ठक्कर दिदा मृत्यु

61

फागुन १६,
भद्रपुर -पूर्व पश्चिम राजमार्ग अन्तगरग झापाको शिवसताक्षीमा बोलेरो जीपले ठक्कर दिदा साइकलयात्रीको मृत्यु हुन गएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ११ स्थित दुधे निवासी ४७ वर्षीय दिपक राई रहेको प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। प्रहरीकाअनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ च ९४२९ नम्बरको बोलेरो जीपले साईकलमा सवारमा राईलाई ठक्कर दिएको थियो । जीपको ठक्करबाट गम्भीर घाइते भएका राईलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो। उनको उपचारको क्रममा बुधवार राति सोही अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ। ठक्कर दिने जीप र चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जनाइएको छ।