फागुन २४
बेइजिङ -चीनको आयात निर्यात गत फेब्रुअरी महिनामा अपेक्षा गरेभन्दा बढी न्यून भएको छ । संयुक्तराज्य अमेरिकासँग व्यापार युद्ध गरिरहेको चीनमाथि आर्थिक वृद्धिमा आएको न्यूनताले थप चिन्तित बनाएको छ । चीनको भन्सार प्रशासनका अनुसार, संयुक्तराज्य अमेरिकासँगको व्यापार नाफा फेब्रुअरीमा १४ अर्ब ७० करोड डलर पुगेको छ । गत जनवरीमा यस्तो नाफा २७ अर्ब ३० करोड डलर थियो ।...
फागुन २४,
काठमाडौँ -‘नेपाल १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ र ‘तेस्रो प्राङ्गारिक कृषि मेला– २०७५’ आजदेखि शुरु भएको छ । मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज यहाँ उद्घाटन गर्नुभयो । मेला बिहीबारदेखि शुरु भएको भए पनि आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर उद्घाटन गरिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घले जनाएको छ ।मेलाको प्रमुख नाराका रूपमा...
फागुन २४'
काठमाडौं -दूरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्ल अपहरणमा परेकी छन् । शुक्रबार बिहान ११ बजे बझाङको केदारसिउ गाउँपालिका सन्स्युबाट प्रदेश सांसद मल्ल अपहरण परेकी हुन् । नारी दिवसको अवसरमा बुंगल नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सम्बोधनका लागि जाँदै गर्दा सांसद् मल्ल अपहरणमा परेकी हुन्। ३÷४ जनाको समुहमा आएका विप्लवका कार्यकर्ताले सांसद मल्ललाई मुखमा कालो पट्टी बाँधेर जर्बजस्ती उठाएर लगेका थिए...
फागुन २४,
काठमाडौँ -नेपाल सरकार र सीके राउतको नेतृत्व गरेको स्वतन्त्र मधेश गठबन्धनले ११ बुँदे राजनीतिक सहमति गरेका छन्। त्यो सहमतिअनुसार पृथक्तावादी अभियान चलाउँदै आएको सो समूहले नेपालको अखण्डतालाई स्वीकार्ने र संविधानअनुसार लोकतान्त्रिक विधि पालना गर्ने भएको छ। सरकारले पनि सो गठबन्धनका नेता तथा कार्यकर्ताविरुद्ध लागेका मुद्दा फिर्ता गर्ने भएको छ। थुनामा भएका सो समूहका कार्यकर्ता र समर्थकलाई निस्शर्त रिहा...
फागुन २४,
काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले पृथकतावादी आन्दोलन छाडेर मुलधारको राजनीतिमा आएका सिके राउतमा असाधारण निर्णय क्षमता भएको भन्दै प्रशंशा गरेका छन्। राष्ट्रिय सभागृहमा जारी राजनीतिक समझदारी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राउतमा असाधारण क्षमता रहेको बताए। ‘यस्तो असाधारण क्षमता मैले प्रचण्डजीमा मात्रै देखेको छु,’ उनले भने, ‘यस्ता निर्णयहरु सामान्य मुटु र सामान्य हृदय भएको मान्छेले गर्नै सक्दैन।’ साथै...
फागुन २४,
तम्घास -परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कुनै पनि राजनीतिको आवरणमा निर्दोश नागरिकमाथि हुने अपराध सरकारको लागि सह्य नहुने बताउनुभएको छ । विप्लव समूहले अवैध ढङ्गबाट हातहतियार जम्मा गरेर त्यसमार्फत निर्दोष जनतामाथि खेलवाड गरिरहेको भन्दै यसरी अवैध ढङ्गले हतियार सङ्कलन गर्नु कानून विपरीत रहेको बताउनुभयो ।कुनै पनि समूहको नाममा देश र जनतामाथि गरिने हिंसालाई रोक्नु र देशमा शान्ति सुरक्षा कायम...
फागुन २४,
काठमाडौँ नेपाल सरकार र सीके राउतको नेतृत्व गरेको स्वतन्त्र मधेश गठबन्धनले ११ बुँदे राजनीतिक सहमति गरेका छन्। त्यो सहमतिअनुसार पृथक्तावादी अभियान चलाउँदै आएको सो समूहले नेपालको अखण्डतालाई स्वीकार्ने र संविधानअनुसार लोकतान्त्रिक विधि पालना गर्ने भएको छ। सरकारले पनि सो गठबन्धनका नेता तथा कार्यकर्ताविरुद्ध लागेका मुद्दा फिर्ता गर्ने भएको छ। थुनामा भएका सो समूहका कार्यकर्ता र समर्थकलाई निस्शर्त रिहा...
फागुन २४
काठमाडौँ -सरकारले ७ सिटे (६+१) हेलिकप्टोरबाट बेन्च सिट हटाउन सुरु गरेको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको यस्तै हेलिकोप्टर दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हलिकोप्टरबाट बेन्च सिट हटाउन कम्पनीहरुसँग सहमति गरेको छ । त्यसैका आधारमा केही कम्पनीहरुले बेन्च सिट हटाइसकेका छन् । प्राधिकरणका एक अधिकारीका अनुसार एएस ३५०को ६ं१ सिटवाला हेलिकोप्टरलाई अब ५ं१ मा राखेर...
फागुन २४,
काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारीले महिला र पुरुषबीचको लैङ्गिक समानताका लागि महिलालाई आरक्षणका साथमा समानताको नीति राज्यले अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज यहाँ आयोजित मूल समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिला आरक्षणसम्बन्धी संवैधानिक र कानूनी संरचनाले महिला सशक्तीकरणमा चाहेअनुसारको उल्लेखनीय सुधार नदेखाएकाले अब आरक्षणका साथमा समानताको...
फागुन २४,
काठमाडौँ -सशस्त्र प्रहरी बल नेपालले तीन हजार दुई सय ९७ प्रहरी जवानका लागि दरखास्त आह्वान गरेको छ ।सशस्त्र मुख्यालयले रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । बलले आज शुक्रबार (२४ फागुन) बाट आगामी २५ चैतसम्म दरखास्त संकलन गर्ने गरी सूचनासमेत प्रकाशित गरेको छ ।सूचनाअनुसार, खुल्लातर्फ...

