७ सिटे हेलिकोप्टरबाट एउटा सिट हटाइने

104

फागुन २४
काठमाडौँ -सरकारले ७ सिटे (६+१) हेलिकप्टोरबाट बेन्च सिट हटाउन सुरु गरेको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको यस्तै हेलिकोप्टर दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हलिकोप्टरबाट बेन्च सिट हटाउन कम्पनीहरुसँग सहमति गरेको छ । त्यसैका आधारमा केही कम्पनीहरुले बेन्च सिट हटाइसकेका छन् । प्राधिकरणका एक अधिकारीका अनुसार एएस ३५०को ६ं१ सिटवाला हेलिकोप्टरलाई अब ५ं१ मा राखेर मात्रै राखेर चलाउने सहमति भएको छ । एयरबसका हेलिकप्टरमा यस्ता बेन्च सिटहरु हुन्छन् । प्राधिकरणका एक उच्च अधिकारीका अनुसार झण्डै एक दर्जन यस्ता सिट हटाइसकिएको छ । ‘यस्ता सिट कम्पनीमै जोडिएका हुन्छन् । तर, उच्च हिमाली क्षेत्रमा उडान गर्दा यस्ता सिटमा यात्रु राख्न सुरक्षाका हिसावले उचित देखिएन,’ प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘यात्रु तथा पाइलटको प्रवृत्तिलाई ध्यानमा राख्दा पनि ७ सिटे हेलिकोप्टरको बेन्च सिटलाई हटाउनुपर्छ भनेर निश्कर्षमा पुगेका हौं ।’ हेलिकोप्टर कम्पनीहरु पनि बेन्च सिट हटाउन तयार भएका छन् । महानिर्देशक गौतम नेपालको बिशिष्ट भूगोललाई ध्यानमा राखेर यस्तो सहमति बनेको बताउँछन् ।