फागुनच २७,
मोरङ्ग -मोरङको बेलबारी ४ बुधबारेबाट गत १७ फागुन शुक्रबार राति देखि हराइरहेकी रमिला राईको शव खोज्न गएको प्रहरीले अर्कै महिलाको शव फेला परेको छ । नेकपाका पूर्व नगर अध्यक्षसमेत रहेका योगेन्द्र गुरुङले प्रेमिका रमिला राईको हत्या गरी कोशी नदीमा फलेको बयानको आधारमा प्रहरीको गोताखोर टोली राईको शव खोज्न कोशी नदी गएको थियो । खोलामा गोताखोर टोलीले रमिलाको...
फागुन २७
वासिङ्टन, (राससरएएफपी) – छ महिनाभित्रै दोस्रो पटक बोइङ ७३७ म्याक्स विमान उड्नासाथ दुर्घटना भएसँगै यसको सुरक्षामाथि प्रश्नचिन्ह उब्जिएको छ । दुबै दुर्घटनामा विमानमा यात्रारत सबै यात्रुको मृत्यु भएको थियो । अमेरिकी कम्पनी बोइङको नयाँ मोडेलको यस विमानको प्राविधिक सुरक्षा बारेमा अहिले सर्वत्र प्रश्न उठाउन थालिएको छ । बोइङको महत्वपूर्ण बजार रहेको चीनले ७३७ म्याक्स ८ मोडेलका विमानहरु...
फागुन २७,
पर्सा -नेपाल विद्युत् प्राधिकरणले वीरगञ्ज वितरण केन्द्रले विद्युत् चुहावट गर्ने ठूला ग्राहकबाट रु चार करोडभन्दा बढी रकम असुल गरेको छ । मिटर तथा कनेक्सनमा गडबढी गरी लामो समयदेखि विद्युत् चुहावट गर्दै आएका ठूला ग्राहकहरुलाई कारवाही स्वरुप केन्द्रले सो रकम असुल गरेको हो । वीरगञ्ज–पथलैया औद्यागिक करिडोरमा रहेका ४५ ठूला ग्राहकलाई कारवाही गरी चालू आवको पहिलो सात...
फागुन २७,
काठमाडौँ नयाँ बसपार्कस्थित होटल गोधुँलीमा दश वर्षीय रोहित विकले भाडा माझ्ने काम गर्दै आएको दुई वर्ष भयो । राउतले बिहानदेखि बेलुका नौ बजेसम्म भाडा माझेबापत बस्न र खाना मात्र पाएका छन् । उनको पारिश्रम भनेको बस्ने र साँझ विहानको खाना मात्रै हो । सानैमा बाबुआमा गुमाएका सिन्धुपाल्चोकका विकको आफ्नो भन्ने कोही छैन । उनलाई गाउँका चिनेजानेका स्थानीयले...
फागुन २७,
विराटनगर —मंगलबारबाट सुरु हुने पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा सहभागी हुने पाँचै विदेशी टिम आइतबार विराटनगर आइपुगेका छन् । आयोजक नेपाल पाँच दिनअघि नै यहाँ छ । पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता आयोजनास्थल विराटनगरस्थित सहिद रंगशाला आइतबार राति फ्लड लाइट बालेपछि । तस्बिर स् वेदराज पौडेलरकान्तिपुरडिफेन्डिङ च्याम्पियन भारतसहित बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सको टोली आइतबार विराटनगर आइपुगेका हुन् ।...
फागुन २७
भैरहवा - गृहमन्त्री रामबहादुर थापाले संविधानमा व्यवस्था नै नभएको जनमत संग्रह सरकारले गर्नै नसक्ने बताएका छन्। मन्त्री थापाले सिके राउतसँग भएको सहमति पछि जनमत संग्रहको चर्चा चुलिएकै समयमा यस्तो धारणा सार्वजनिक गरेका हुन्। भैरहवामा आयोजित प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले संविधान विरोधी तत्वलाई निस्तेज पार्ने बताए। देशलाई विखण्डन गर्ने तत्वलाई राजनीतिक मुलधारमा ल्याउन सरकार...
फागुन २७,
काठमाडौँ -नेकपा (माले) को स्थायी कमिटी बैठकले सरकारले राष्ट्र–विखण्डनकारी गतिविधिमा लागेको सिके राउत समूहलाई शान्तिपूर्ण क्रियाकलापमा ल्याउनु सकारात्मक रहेको जनाएको छ । पार्टीका महासचिव सिपी मैनालीको अध्यक्षतामा बसेको बैठकले उक्त समूहले आफ्नो माग (मधेश स्वतन्त्र देश) बारे ‘जनमत सङ्ग्रह’ गर्न सरकार राजी भएको प्रचार गर्न थालेकाले सो विषयमा सरकारले अविलम्ब आफ्नो राय सार्वजनिक गर्नुपर्ने निणर्य गरेको छ ।सहमतिको...
अन्तर्राष्ट्रिय
इथियोपिया विमान दुर्घटनाः मृत्यु हुनेमा एक नेपाली महिलासहित राष्ट्रसङ्घका १९ कर्मचारी
बीबीसी, फागुन २७,
काठमाडौँ-इथियोपियामा आइतवार भएको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूमा विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीमा कार्यरत नेपालकी एकता अधिकारीसहित संयुक्त राष्ट्रसङ्घका १९ कर्मचारी रहेको पुष्टि भएको छ। राष्ट्रसङ्घको केन्यास्थित सुरक्षा विभागले तीमध्ये डब्ल्यूएफपीका सात, शरणार्थी निकाय यूनएचसीआरका दुई, इन्टर्न्याश्नल टेलिकम्युनिकेशन्स युनियन आईटीयूका दुई एवम् नाइरोबीस्थित यूएन कार्यालयका छ कर्मचारी भएको जनाएको छ।फुड एन्ड एग्रिकल्चर अर्गनाइजेशन एफएओ, इन्टर्न्याश्नल अर्गनाइजेशन फर माइग्रेशन...
फागुन २७,
काठमाडौँ -फेसन र जीवनशैलीमा लगातार आइरहेको परिवर्तनसँगै स्लिम बन्न चाहनेको संख्या बढिरहेको छ । त्यसैले, हिजोआज अधिकांश युवतीमा जिरो फिगर बनाउने चाहना हुन्छ । जिरो फिगर भएमा काम गर्न छिटो–छरितो हुने र लुगा लगाउँदासमेत राम्रो देखिने विश्वास छ । यसर्थ, किशोरी वा युवती मात्र नभएर अधबैँसे महिलासमेत शरीर स्लिम पार्ने प्रयास गरिरहेका हुन्छन् । अब जानौँ...
फागुन २७
ठिनी पछिल्लो एक महीनायताको हिमपातका कारण मुस्ताङमा सयौँ भेडाच्याङ्ग्रा र चौँरीगाई मरेका छन् । चरन क्षेत्रमा परेको हिउँका कारण आहारा खान नपाएर, हिउँले पुरिएर र हिउँ चितुवाले आक्रमण गरेर भेडाच्याङ्ग्रा र चौरी गाई मरेका हुन् । आयआर्जनको मुख्य स्रोत भेडाच्याङ्ग्रा र चौँरीगाई मरेपछि मुस्ताङका कृषक चिन्तित भएका छन् ।मुस्ताङका विभिन्न लेकका खर्कमा आइतबारसम्म करीब एक हजार भेडाच्याङ्ग्रा...


