रमिलाको शव खोज्न गएको प्रहरीले अर्कै महिलाको शव भेटेपछि…

102

फागुनच २७,
मोरङ्ग -मोरङको बेलबारी ४ बुधबारेबाट गत १७ फागुन शुक्रबार राति देखि हराइरहेकी रमिला राईको शव खोज्न गएको प्रहरीले अर्कै महिलाको शव फेला परेको छ । नेकपाका पूर्व नगर अध्यक्षसमेत रहेका योगेन्द्र गुरुङले प्रेमिका रमिला राईको हत्या गरी कोशी नदीमा फलेको बयानको आधारमा प्रहरीको गोताखोर टोली राईको शव खोज्न कोशी नदी गएको थियो । खोलामा गोताखोर टोलीले रमिलाको शव खोज्दा अर्कै एक महिलाको शव भेटाएको र उनको पहचिान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख राम कुमार राईले बताए । शव हेरेर हत्या तथा आत्म हत्या के हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । महिलाको शव परिक्षणको लागि विपि कोइराला विज्ञान प्रतिष्ठान घोपा पठाइएको छ ।