फागुन २७
काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताबारे जनमत संग्रह हुनै नसक्ने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं बार्षिकोत्सवलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै परिषदका अध्यक्षसमेत रहेका ओलीले यस्तो बताएका हुन् । ‘पृथकतावाद सानो भए पनि त्यो घातक हुन्छ । त्यसैले यसलाई सरकारले महत्व दिएर नै निस्तेज पारेको हो’, उनले भने, ‘राष्ट्रिय अखण्डताबारे जनमत संग्रह हुनै...
फागुन २७,
काठमाडौँ -इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ । कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने वल्र्डलिङ्कका प्रमुख कार्यकारी निर्देशक केशव नेपालले जानकारी गराउनुभयो । वल्र्डलिङ्कले अहिले तीन हजार ठाउँमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको छ ।सेवाग्राहीले एकपटकमा...
फागुन २७,
वीरेन्द्रनगर, -पहिलोपटक महिनाबारी भएकी रिनाले छाउगोठ बस्न मानिनन् तर जसरी पनि त्यहाँ गएर बस्नैपर्ने घरपरिवारको दबाब आएपछि उनले आमासँग रुदै भनिन् ,“आमा ! म छाउघर जानै पन्र्या हो’’ कतै उनीलाई आमाले छाउघर जानबाट रोक्छिन् भन्ने आशाले फेरि पनि आग्रह गरिन् ‘‘छाउ बस्न डर लाग्छ नगया हुदैन ।’’पर्दामा आमाछोरीबीच यो कुराकानी हुँदा दर्शक दीर्घामा बसेका भने यसपछिको नाटकको...
फागुन २७,
काठमाडौँ -नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन ठूला पूर्वाधार तथा योजनामा जोड दिँदै साना तथा अत्यावश्यक कामलाई प्राथमिकतामा राख्नुपर्ने पर्यटन क्षेत्रसँग आबद्ध सरोकारवालाले बताएका छन्। सरकारका मन्त्री, कूटनीतिक नियोगका पदाधिकारी तथा सम्बद्ध क्षेत्रका व्यक्तिले भ्रमण वर्षलाई भव्यताका साथ सफल बनाउन सबै पक्षले पर्यटन क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने औंल्याएका हुन्।पर्यटन क्षेत्रको विकास र पर्यटक आगमन वृद्धि र बसाइ...
फागुन २७,
जनकपुर -विखन्डनको राजनीति परित्याग गरेका सीके राउत समर्थकले आइतबार जनकपुरमा देखाएको 'हर्कत'लाई प्रदेश २ सरकारले गम्भीरतापूर्वक लिएको जनाएकाे छ । उनीहरुका गतिविधिलाई गैरकानुनी भन्दै प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले फेरि त्यस्तो हर्कत दाेहाेर्याए सह्य नहुने चेतावनी दिए । 'राउतका समर्थकले जनकपुरमा गरेका गतिबिधि गलत हुन,' मन्त्री यादवले सोमबार कान्तिपुरसँग भने, 'सहमतिको दुबै...
फागुन २७,
ट्राल, जम्मु काश्मिर -सुरक्षा फौजको कारबाहीमा आइतबार पुलवामा जिल्लाको ट्राल नगरमा तीन जना काश्मिरी पृथकतावादी लडाकूहरु मारिएका छन् ।
घटनास्थलबाट दुई वटा एके–४७ राइफल र एउटा पिस्तोल बरामद भएको छ । खोजी कार्य जारी रहेको सेनाले जनाएको छ । आतङ्कवादी कृयाकलापमा संलग्न व्यक्तिहरु रहेको आशंकामा सेनाले घेरा हाली खानतलासी शुरु गरेपछि केही समय भिडन्त भएको अधिकारीहरुले बताएका छन्...
फागुन २७, २७,
काठमाडौँ — सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धी विधेयकमा छलफल गर्न बोलाइएको अर्थ समितिको बैठक स्थगित भएको छ । सोमबार बोलाइएको समितिको बैठकमा प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री युवराज खतिवडा अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो । समितिको छलफलमा प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री युवराज खतिवडा नै अनुपस्थित भएको भन्दै विपक्षी कांग्रेस सांसद गगन थापाले विधेयकमा...
फागुन २७,
पोखरा -नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नुनपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले पृथकतावादी आन्दोलन गरिरहेको समूहलाई मूलधारमा ल्याउने प्रयासस्वरुप सम्झौता भएको बताउनुभयो । पार्टी बैठक र सरकारसँगको छलफल समेतका आधारमा संविधानको मूल मर्म र भावना, राष्ट्रिय एकता,...
फागुन २७,
जनकपुरधाम -मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र अवैध सुन र चाँदी लुकाइ नेपालबाट भारततर्फ लगिरहेका अवस्थामा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित कुवा गाउँबाट लोहनातर्फ जाने सडकमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।पक्राउपर्नेमा भारत विहार मधुवनी जिल्ला बासोपट्टी–४ का सुरेन्द्र महतो सुडीका ३७ वर्षीय छोरा कृष्णकुमार महतो सुडी र सोही ठाउँका...
अन्तर्राष्ट्रिय
ट्रम्पद्वारा मेक्सिको सीमामा पर्खाल बनाउन फेरि ८.६ अर्ब डलर माग, बजेट विनियोजन नगरे (भिटो) लगाउन सक्ने
फागुन २७
वासिङ्टन -राससरएएफपी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण गर्न आठ अर्ब ६० करोड अमेरिकी डलर आवश्यक रहेको भन्दै उक्त रकम उपलब्ध गराउन अमेरिकी कङ्ग्रेस समक्ष आग्रह गर्नुभएको छ । यो बजेट मागसँगै राष्ट्रपति ट्रम्प र कङ्ग्रेसबीच पुनः सङ्घर्ष चर्किने खतरा बढेको छ । सोमबार सार्वजनिक गरिने सन् २०२० को बजेटमा गत वर्ष माग गरिएको ५...

