Sunday, September 20, 2026
Home समाज प्रभावकारी कार्यान्वयन भएन बालश्रम ऐन

प्रभावकारी कार्यान्वयन भएन बालश्रम ऐन

81

फागुन २७,
काठमाडौँ नयाँ बसपार्कस्थित होटल गोधुँलीमा दश वर्षीय रोहित विकले भाडा माझ्ने काम गर्दै आएको दुई वर्ष भयो । राउतले बिहानदेखि बेलुका नौ बजेसम्म भाडा माझेबापत बस्न र खाना मात्र पाएका छन् । उनको पारिश्रम भनेको बस्ने र साँझ विहानको खाना मात्रै हो । सानैमा बाबुआमा गुमाएका सिन्धुपाल्चोकका विकको आफ्नो भन्ने कोही छैन । उनलाई गाउँका चिनेजानेका स्थानीयले त्यो होटलमा ल्याएर काममा लगाइदिएका थिए ।

त्यसैगरी रामेछापका १३ वर्षीय जेके तामाङ पुरानो बसपार्कबाट चक्रपथ चल्ने माइक्रोबसमा सहचालकको रूपमा काम गर्छन् । घरको आर्थिक अवस्था कमजोर भएकाले आफू सहसचालक भएर काम गर्नुपरेको तामाङ बताउँछन् । “घरमा बाबा हुनुहुन्न, भाइबहिनी, आमा हुनुहुन्छ, विद्यालय जान्थे, शुल्क तिर्न पैसा नभएपछि यो काममा लागे”, उनले भने । उमेर नपुगी जोखिमयुक्त काम गर्ने रोहित र जेके प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुजस्तै धेरै बालबालिकालाई बालश्रम ९निषेध र नियमित गर्ने० ऐन, २०५६ विपरीत श्रमिकका रुपमा काममा लगाउने गरेको पाइन्छ । ऐनले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन निषेध गरेको छ । ऐनले १४ वर्ष उमेर नपुगेका बालबालिकालाई कुनै पनि स्वरुपको श्रमयुक्त काममा लगाउन नहुने व्यवस्था गरेको छ ।

केन्द्रीय बालकल्याण समितिका अनुसार विभिन्न सञ्चारमाध्यममा प्रकाशित बालश्रमसम्बन्धी चालू आर्थिक वर्षको प्रथम चौमासिकको अवस्था विश्लेषण गर्दा २० घटना प्रकाशमा आएका छन् । बालबालिकालाई श्रममा प्रयोग गरेको प्रकृतिलाई हेर्दा घरेलु तथा होटल श्रमिकका रूपमा सबैभन्दा बढी आठ छन् । भारतमा काम गर्नका लागि पाँच, सार्वजनिक यातायातमा श्रमिकको रुपमा तीन, इँटा उद्योग र लागुऔषध ओसारपसारमा दुई÷दुई बालबालिका संलग्न रहेको पाइएको छ । लैङ्गिक रूपमा हेर्दा बालक १४ र बालिका छ रहेको समितिका सूचना अधिकारी रामबहादुर चन्दले जानकारी दिनुभयो ।

उमेर समूहका आधारमा १० वर्ष वा सो भन्दामुिनका एक, ११ देखि १४ वर्षका नौ र १५ देखि १८ वर्षका १० रहेका छन् । बालअधिकारकर्मी विकास केसीले सरकारले बालश्रममुक्त गर्ने हो भने भएका ऐन÷कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुहुन्छ । सो अवधिमा विभिन्न कारणले २४ बालबालिकाको हत्या भएको घटना सार्वजनिक भएका छ । त्यसैगरी बालवालिकालाई विभिन्न प्रलोभनमा पारी बेचबिखन तथा ओसारपसार गर्नेक्रम पनि विद्यमान छ । यस अवधिमा १७ बालबालिका बेचबिखन तथा ओसारपसारमा परेका छन् ।-रासस