Home Blog Page 1696
चैत १२, काठमाढौँ नेपालक्रेडिट एण्ड कमर्स बैंक लि.र अजोड इन्स्योरेन्सलि.बीचबीमासेवाप्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ ।  सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्ने छन् ।सम्झौतामा नेपालक्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री रमेश राजअर्याल रअजोड इन्स्योरेन्सकातर्फबाट प्रमुखकार्यकारी अधिकृत श्रीेकुमार बहादुर खत्रीलेसंयुक्त...
चैत १२, काठमाडौँ -ब्रिटिस एयरवेजको फ्लाइट बीए ३२७१ विमान सोमबार साँझ लन्डन सिटी एयरपोर्टबाट जर्मनीको डसेलडोर्फका उडेको थियो । तर सो विमानको अवतरण डसेलडोर्फमा होइन, स्कटल्यान्डमा भयो  । विमान अवतरण भएपछि विमानभित्रबाट ‘इडनबरामा स्वागत छ’ भनेर जब सम्बोधन गरियो, त्यसपछि मात्र यात्रुहरु तीनछक परे । उनीहरुले आफूहरु गलत ठाउँमा अवतरण भएको भेउ पाए ।हवाइ उडानको इतिहासमै अचम्म लाग्ने यो घटनाप्रति...
चैत्र १२, काठमाडौँ — सरकारले लगाएको प्रतिबन्धविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आन्दोलनको घोषणा गरेको छ । चैतभित्र पार्टीमाथिको प्रतिबन्ध नहटाए सरकारविरूद्ध प्रतिबन्ध र आमहडताल गर्ने चेतावनी दिएको छ।सरकारले गत फागुन २८ मा चन्द समूहमाथि प्रतिबन्ध लगाएको थियो। त्यस यता सरकारले चन्दका कार्यकर्तामाथि निगरानी बढाएको छ। सोमबार एक विज्ञप्ति जारी गरी प्रतिबन्ध नहटाइए सरकारविरूद्ध संघर्ष गर्ने चेतावनी दिएका छन्। विज्ञप्तिमा चैतभित्र...
चैत १२, वासिङ्टन –अमेरिकी रक्षामन्त्री प्याट्रिक शानाहानले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न एक अर्ब डलर निकासा गरिदिनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा आपतकालीन स्थितिको घोषणा गरी प्रतिरक्षा बजेट सीमामा पर्खाल निर्माण गर्ने विवादास्पद निर्णय गर्नुभएको थियो । राष्ट्रपति ट्रम्पको सीमा पर्खालका निम्ति संसदबाट बजेट स्वीकृत भएको छैन भने आपतकालीन घोषणाप्रति पनि अमेरिकी कङ्ग्रेसमा सहमति जुट्न सकेको...
चैत १२, किभ -युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । यस रोगबाट ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । युक्रेनको स्वास्थ्य मन्त्रालयले सोमबार सो जानकारी दिएको छ । सन् २०१८ को डिसेम्बर २८ बाट सन् २०१९ को मार्च १२ सम्म १८ हजार १०९ जना बालबालिकासहित ३२ हजार...
चैत १२, काठमाडौँ -एएफसी तेइस वर्षमुनि (यु–२३) च्याम्पियनसीप छनोट फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र अफगानिस्तानबीच आज हुने समूह चरणको अन्तिम खेलमा दुवै टोलीले प्रतिष्ठाको लागि खेल्दैछन् ।कतारको दोहास्थित स्पोर्ट्स सिटी सेन्टरमा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे दुवै टोली विजयी लक्ष्यका साथ मैदानमा उत्रनेछन् । खेल दुवै टोलीको लागि प्रतिष्ठाको लागि मात्र हुनेछ ।यसअघि दुई÷दुई खेल खेलेका...
चैत १२, गोरखा -गोरखा जिल्लामा विभिन्न नौ होमस्टे (घरबास) को प्रवद्र्धनका लागि रु ९० लाख अनुदान उपलब्ध गराइने भएको छ । गण्डकी प्रदेशअन्तर्गतको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट स्थानीय तहसँगको सहकार्यमा होमस्टे प्रवद्र्धन कार्यक्रमअन्तर्गत बजेट प्राप्त भएको डिभिजन वन कार्यलय गोरखाका प्रमुख इमनाथ पौडेलले जानकारी दिनुभयो ।कार्यक्रमअन्तर्गत जिल्लाको अजिरकोट गाउँपालिकामा चार, शहीद लखन गाउँपालिकामा दुई, बारपाक सुलीकोट गाउँपालिका,...
चैत १२, काठमाडौँ -मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ । मध्य र पुर्वीपहाडी भेगका एक दुइ स्थानमा मेघ...
चैत १२, काठमाडौँ -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर द्वन्द्वको बीजारोपण गरेको बताएको छ । कांग्रेसले सरकारको प्रतिबन्धका कारण उसका गतिविधि झनै उत्तेजित भएको बताएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको दलको बैठकले सरकारले चन्द नेतृत्वको नेकपालाई हठात्मा प्रतिबन्ध लगाएर उसका गतिविधिलाई झनै उत्तेजित बनाउन खोजेको र प्रतिबन्धले द्वन्द्वको बीजारोपण हुन...
चैत ११, काठमाडौँ -संवैधानिक परिषद्ले रिक्त प्रमुख निर्वाचन आयुक्तमा नेपाल सरकारका सचिव दिनेशकुमार थपलियालाई सिफारिश गरेको छ । सङ्खुवासभाका थपलिया सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुनुहुन्छ । यसअघिका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र सदस्य इला शर्मा आइतबार मात्र सेवानिवृत्त हुनुभएको थियो । निर्वाचन आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्त गरी पाँच जना सदस्य रहन्छन् । हाल...