१९ दिनमा २ सय ८८ जना सरकारी कर्मचारीले छोडे जागिर !

2

काठमाडौं । किताबखाना (निजामती)का अनुसार चालु असार महिनाको १ गतेदेखि १९ गतेसम्मको १५ कार्यदिनमा १४६ जनाले राजीनामा दिएको र देशभरबाट १४२ जना कर्मचारी अनिवार्य अवकाशमा गएका छन् । राजीनामा दिनेमा सहसचिवदेखि सहायक स्तरसम्मका कर्मचारीसम्म छन् । यो अवधिमा राजीनामा दिनेमा ५ सहसचिव, ३३ उपसचिव २९ शाखा अधिकृत र ७९ सहायक स्तरका कर्मचारी छन् । विभिन्न व्यक्तिगत तथा अन्य कारणले राजीनामा दिनेको सङ्ख्या बढेसँगै ‘ई–पेन्सन’ सेवाका लागि आवेदन दिनेको चाप पनि बढेको छ ।