एनसीसी बैंक लि. र अजोड इन्स्योरेन्स लि. बीच बीमा सेवा सहकार्य गर्ने सम्बन्धी सम्झौता

138

चैत १२,
काठमाढौँ नेपालक्रेडिट एण्ड कमर्स बैंक लि.र अजोड इन्स्योरेन्सलि.बीचबीमासेवाप्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ ।  सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्ने छन् ।

सम्झौतामा नेपालक्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री रमेश राजअर्याल रअजोड इन्स्योरेन्सकातर्फबाट प्रमुखकार्यकारी अधिकृत श्रीेकुमार बहादुर खत्रीलेसंयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।