चैत १२,
काभ्रेपलाञ्चोक -तेमाल गाउँपालिका–२ चुखाबेँसीमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बर्दियाको मधुवन नगरपालिका–१ का २६ वर्षीय गोविन्द परियारलाई गाडी चढेर भाग्ने क्रममा काठमाडौँस्थित रत्नपार्कबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।उहाँका अनुसार परियार घर बनाउने काममा केही समयदेखि काभे्रपलाञ्चोकको विभिन्न स्थानमा बस्दै आएका...
चैत १२,
काठमाडौँ -नेपालमा नयाँ प्रजाति ‘बाघे माउसुली’ फेला परेको छ । बाघको जस्तै सुन्दर पाटा हुने भएकाले यसलाई बाघे माउसुली भनिएको हो ।जैविक विविधताको अध्ययन गर्ने क्रममा माउसुलीको नयाँ प्रजाति लेपर्ड गे ९बाघे माउसुली० बाँके जिल्लाको कम्दी जैविक मार्गमा पहिलो पटक भेटिएको हो । युब्लिफेरिडे परिवारअन्तर्गत पर्ने यो माउसुलीको अभिलेख भएसँगै नेपालमा सरिसृप प्रजातिको नयाँ परिवार थपिएको छ...
चैत १२,
पर्सा -उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगत डेढ दशकदेखि बन्द अवस्था रहेको वीरगञ्ज चिनी कारखानाको आज स्थलगत अनुगमन तथा निरीक्षण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभयो ।सो अवसरमा उहाँले उपयोगविहीन अस्थामा रहेका कारखानाका उपकरणहरु जीर्ण हुँदै गएकोेप्रति चिन्ता व्यक्त गर्दै यसको सरसफाइमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिनुभयो ।मन्त्री यादवले पर्सा जिल्ला अदालत र उच्च अदालतको अस्थायी...
चैत १२,
काठमाडौँ -सोमबार सामान्य अङ्कले सुधार आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.०७ विन्दुले बढेर एक हजार १४०.७२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४२ ले वृद्धि भई २४२.६७ विन्दुमा पुगेको छ ।कूल १७१ कम्पनीको आठ लाख ८२...
चैत १२,
काठमाडौँ-शैक्षिक सुधारका लागि शिक्षा नीति, कार्यक्रम तथा ऐनमा व्यापक सुधारको खाँचो आंैल्याइएको छ । यसका लागि विद्यालयलाई साधारण, व्यावसायिक तथा प्राविधिक तहमा विभाजन गर्नुपर्ने सुझाव प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित उपसमितिले दिएको छ ।उपसमितिले आफ्नो प्रतिवेदन समितिका सभापति जयपुरी घर्तीलाई आज यहाँ हस्तान्तरण ग¥यो । समितिका सदस्य उमेश श्रेष्ठको संयोजकत्वमा गठित सो उपसमितिमा अञ्जना...
चैत १२,
काठमाडौँ -राष्ट्रियसभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सरकारी आश्वासन उपसमितिको प्रतिवेदनलाई परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ । समितिका सभापति रामनारायण बिंडारीको अध्यक्षतामा आज बसेको २२ औँ बैठकले आव २०७५/०७६ मा सरकारले ल्याएको नीति तथा कार्यक्रममा पेश भएका विषयवस्तुमाथि एक वर्षमा भए÷नभएका कार्यबारे जानकारी लिन सम्बन्धित मन्त्री तथा मन्त्रालयका सरोकार पक्षलाई बैठकमा बोलाउने निर्णय गरेको छ ।...
चैत १२,
काठमाडौं -स्वास्थ्य संस्थामा सुत्केरी गराउन अतुलनीय योगदान दिँदै समग्र स्वास्थ्य सेवा सुधारमा अग्रणी नेतृत्व प्रदान गरेवापत अनमी मीरा धितालले सन् २०१८ को ‘निक साइमन्स पुरस्कार’ प्राप्त गरेकी छिन्।रौतहट मोहम्मद स्वास्थ्य चौकीमा कार्यरत उनले छोटो अवधिमा सो स्वास्थ्य चौकीलाई जिल्लाकै उत्कृष्ट स्वास्थ्य संस्थासमेत बनाउन भूमिका निर्वाह गरेकी थिइन्। ६ वर्षको अवधिमा उनले जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधार विकासमा...
चैत १२
काठमाडौँ -राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तीन महीनाभित्र जापानको ओसाकामा उडान भर्ने भएको छ ।जापान उडानका लागि सबै प्रक्रिया पूरा गरिसकेको निगमले जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई दुई दिनभित्र आवश्यक कागजात बुझाउने जनाएको छ ।कागजी प्रक्रियाका साथै आन्तरिक तयारी सकेपछि आउँदो जुलाई महीनादेखि ओसाका उडान औपचारिक रुपमा शुरु गरिने निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी...
चैत १२,
काठमाडौँ -अष्ट्रियाको भियनामा ‘जीवन काँडा कि फूल’ चलचित्र सोमबार प्रदर्शन गरिएको छ । नेपाली साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित बायोपिक फिल्म प्रदर्शनीमा अष्ट्रेलियाका निम्ति नेपाली राजदूत प्रकाश सुवेदी, नेपालका लागि अष्ट्रियाका पूर्वराजदूत लिजेलोट्टे भालडाइम, भियना शहरका सांस्कृतिक प्रमुख डा हायदर सारी, इन्टरपोल अफिसर जिला क्लाउडियालगायत विशिष्ट अष्ट्रेलियाली र नेपालीको सहभागिता थियो ।नेपालबाट भियना पुग्नुभएका चलचित्रका निर्देशक विनोद विष्ट,...
चैत १२,
कञ्चनपुर -ट्र्याक्टरले ठक्कर दिँदा आज एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका सात वर्षीय हरिश धामी रहेको छ । विद्यालय जाने क्रममा से १ त ५०८७ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । ट्र्याक्टर चालक ३८ वर्षीय आनसिंह धामी मृतक...



