Tuesday, July 7, 2026
Home Blog Page 1680
चैत १९, काठमाडौं–धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३.७२ बिन्दुले बढेर एक हजार १६३.४७ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३४ बिन्दुले बढेर २४८.१५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढ्दा कारोवार रकममा समेत वृद्धि भएको छ ।कूल १६९...
चैत १९, काठमाडौँ–चिलिमे जलविद्युत् आयोजनाले रसुवावासीको अनुहारमा ल्याएको खुशीले धेरैलाई जलविद्युत्को क्षेत्रमा लगानीका लागि आकर्षित गर्यो । जलविद्युत्मा लगानी गर्दा फाइदा हुन्छ भन्ने मानक स्थापित गर्न सफल सो कम्पनीको शेयर धितोपत्र बजार ओरालो लाग्दासमेत फाइदा दिने अवस्थामा नै रहेको छ ।नेपाली लगानीमा आयोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउन सफल सोही कम्पनीले यतिखेर रसुवागढी, साञ्जेन, माथिल्लो साञ्जेन, मध्य भोटेकोशीजस्ता आयोजना...
चैत १९, अछाम -अछाममा चट्याङ लागेर १५ जना घाइते भएका छन् । उनीहरु मध्ये सात जनाको अवस्था गम्भीर छ । घाइते हुनेमा ११ जना पञ्चदेवल बिनायक नगरपालिका -९ तामकोट र ४ जना रामारोशन गाउँपालिका -५ सल्लीसैनका हुन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार पञ्चदेवल बिनायक नगरपालिका ९ तामकोटमा सोमबार राती परेको चट्याङले घाइते...
चैत १९ सिड्नी -विद्यार्थीको संख्या ह्वात्तै बढेदेखि अस्ट्रेलियाका मुख्य सहर सिड्नी वरपर नेपाली विद्यार्थीहरूका घटना समाचारका हेडलाइन्स बन्न थालेका छन्। अज्ञानता र असावधानीका कारण दुर्घटनाहरू घट्ने क्रम बढिरहेको बेला झैझगडाका खबरले पनि प्राथमिकता पाउन थालेका छन्। सोमबार मध्यराति सिड्नीको मुख्य सहर टाउन हलमा दुई नेपाली विद्यार्थी दुई अस्ट्रेलियनसँग झगडा खेल्न थालेपछि यहाँको लोकप्रिय नाइन न्युजले केहीबेर त्यसलाई मुख्य समाचारनै बनायो।नेपाली विद्यार्थी...
चैत १९ बारा -नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएकाको परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले मृतक परिवारलाई ५/५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने धारणा पनि राखे ।हावाहुरीबाट प्रभावितलाई...
चैत १८ काठमाडौँ -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बारा र पर्साको हावाहुरी प्रभावित ठाउँमा पुगेका छन्। त्यहाँ पुगेर उनले प्रभावितहरूलाई सहयोग गर्न सरकारी राहत कोषमा कांग्रेसले २५ लाख दिने निर्णय गरेको केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरले जानकारी दिए। मंगलबार बिहान देउवा वीरगञ्जको नारायणी अस्पताल र नेशनल अस्पताल पुगेर हावाहुरीका कारण घाइते भएकाहरूलाई भेटेका थिए।त्यसरपछि बाराको फेटा गाउँपालिका, भरवलिया र पुरैनिया गाउँ...
चैत १९ धनगढी सुदूरपश्चिम प्रदेश सरकारले पनि हावाहुरी पीडितलाई एक करोड राहत दिने निर्णय गरेको छ । पर्सा र बारामा ज्यान गुमाएका परिवार, घाइते र विस्थापित परिवारलाई एक करोड राहत दिने निर्णय गरेको हो । यसअघि प्रदेश–३ सरकारले पनि पिडितलाई एक करोड र सांसदको एक दिनको तलब दिने निर्णय गरेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका...
चैत १९ काठमाडौँ -नेपाल प्रहरी श्रीमती सङ्घले बारा तथा पर्साका हावाहुरी प्रभावित क्षेत्रमा पाँच हजार थान त्रिपाल वितरण गर्ने भएको छ । सङ्घले आइतबार साँझ हावाहुरीले क्षति पु¥याएको बारा र पर्साका विभिन्न बस्तीमा त्रिपाल, खाद्यान्न र सरसफाइका सामग्री वितरण गर्न लागेको हो ।सङ्घका अध्यक्ष प्रमिला खनालले हावाहुरी प्रभावितलाई तत्काल राहतस्वरुप सङ्घले उक्त सामग्री वितरण गर्न लागेको जानकारी दिनुभयो । “खाद्यान्नलगायत...
चैत १९, एजेन्सी, प्योङयाङ– रुसका गृहमन्त्रीको नेतृत्वमा वरिष्ठ अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डलले उत्तर कोरियाको भ्रमण गरेको छ । कोरियाली केन्द्रीय समाचार समिति (केसिएनए) ले रुसी गृहमन्त्री भ्लादिमिर कोलोकोल्सेभको नेतृत्वमा रुसको उच्च पदाधिकारीको एक टोली सोमबार प्योङयाङ भ्रमणमा आएको जनाएको छ ।उत्तर कोरियाली नेता किम जोङ–उनले यसै महिनाभित्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणमा रुसको भ्रमण गर्ने सम्भावना छ । उक्त भ्रमणको...
चैत १९, काठमाडौँ -आइतवार पूर्वी नेपालको बारा र पर्सा जिल्लामा आएको भीषण हावाहुरीले करिब दुई हजार पाँच सय घरधुरी प्रभावित पारेको एक संस्थाले जनाएको छ।राजधानीमा मङ्गलवार आयोजना गरिएको एउटा कार्यक्रममा तथ्याङ्क सङ्कलन संस्था फ्याक्टस नेपालका प्रमुख कार्यकारी अधिकृत मनिष झाले दुई जिल्लाका जनप्रतिनिधि र प्रदेश सरकारबाट प्राप्त जानकारीको आधारमा प्रभावित घरधुरीको सङ्ख्याबारे अनुमान गरेको बताए। तर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला...