हावाहुरीबाट प्रभावितलाई कांग्रेसले २५ लाख दिने देउवाको घोषणा

71

चैत १८
काठमाडौँ -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बारा र पर्साको हावाहुरी प्रभावित ठाउँमा पुगेका छन्। त्यहाँ पुगेर उनले प्रभावितहरूलाई सहयोग गर्न सरकारी राहत कोषमा कांग्रेसले २५ लाख दिने निर्णय गरेको केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरले जानकारी दिए। मंगलबार बिहान देउवा वीरगञ्जको नारायणी अस्पताल र नेशनल अस्पताल पुगेर हावाहुरीका कारण घाइते भएकाहरूलाई भेटेका थिए।

त्यसरपछि बाराको फेटा गाउँपालिका, भरवलिया र पुरैनिया गाउँ गएका थिए। उनले नेपाली कांग्रेसका पीडितलाई सहयोग र राहतलाई सहयोग गर्न निर्देशन दिए। हुरीबाट प्रभावितहरूलाई भेटेर देउवाले आफूहरूले सक्दो सहयोग गर्ने बताएका थिए। ‘तपाईंहरूको साथमा छौं। तपाईंको उपचार व्यवस्था हेरेर सरकारलाई दबाब दिन्छौं। कांग्रेसले केन्द्रबाट २५ लाख राहत कोषमा जम्मा गर्ने छ,’ देउवालाई उद्धृत गर्दै मन्सुरले भने।मन्सुरका अनुसार केन्द्रबाट २५ लाख र २ नम्बर प्रदेशको कांग्रेस संसदीय दलले छुट्टै १० लाख राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन्।

यसअघि सोमबार कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश २ को कांग्रेस कार्यालये १० लाख सहयोग गर्ने घोषणा गरेका थिए। यस्तै, कांग्रेसका सांसदहरुले दुई दिनको तलब पीडितलाई दिने निर्णय गरिसकेका छन्।