Friday, September 18, 2026
Home समाचार सुदूरपश्चिम प्रदेशले पिडितलाई एक करोड राहत दिने घोषणा

सुदूरपश्चिम प्रदेशले पिडितलाई एक करोड राहत दिने घोषणा

168

चैत १९
धनगढी सुदूरपश्चिम प्रदेश सरकारले पनि हावाहुरी पीडितलाई एक करोड राहत दिने निर्णय गरेको छ । पर्सा र बारामा ज्यान गुमाएका परिवार, घाइते र विस्थापित परिवारलाई एक करोड राहत दिने निर्णय गरेको हो । यसअघि प्रदेश–३ सरकारले पनि पिडितलाई एक करोड र सांसदको एक दिनको तलब दिने निर्णय गरेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । मन्त्री शाहले प्रदेश २ सरकारको राहत कोषमा उक्त रकम पठाउने बताउनु भयो ।

यस्तै मन्त्रिपरिषद्को बैठकले हावाहुरीका कारण प्रदेश २ मा भएको क्षति र घटनाप्रति दुःखसमेत व्यक्त गरेको छ।