Tuesday, July 7, 2026
Home Blog Page 1679
चैत २०, काठमाडौँ - राजतन्त्रको अन्त्यपछि चीनले पहिलो पटक नेपालका राष्ट्र प्रमुखलाई बेइजिङमा ‘रेड कार्पेट’ ओछ्याउने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका लागि दुवै देशमा तयारी बैठक भइरहेका छन्। भ्रमणलाई राजकीय वा औपचारिक कुन सम्मान दिने टुंगो लागिसकेको छैन। अघिल्ला सम्झौता केलाउनेदेखि नयाँ परियोजना तयारीसम्मको काम काठमाडौंमा भइरहेको अनौपचारिक जानकारी बेइजिङस्थित नेपाली दूतावासले पाएको छ।राष्ट्रपति भण्डारीलाई बेइजिङमा स्वागत गरेपछि चिनियाँ...
चैत २०, लेखक-कौशिक ज्योतिष सेवा(ज्यो•अनिल पुडासैनी) जन्म कुण्डली (चिना) मा निम्न १० प्रकारको योग छ भने घातक योग बन्छ। तुरुन्त उपाय गर्दा अती उत्तम हुन्छ। जन्म कुण्डलिमा दुई वा दुई भन्दा बढी ग्रह को युक्ती, दृष्टि, भाव आदि को मेल बाट यो योगको निर्माण हुन्छ। यसै ग्रह को योगको आधार मा नै ज्योतिष फलादेश को आधार बन्दछ। घातक तथा अशुभ योगको...
चैत २०,एजेन्सी. काठमाडौ मार्चको अन्तिम सातामा प्रियंका चोपडा र निक जोनसको सम्बन्धविच्छेदको खबर बाहिरेको थियो । एक अमेरिकी म्यागजिनले यो जोडी सम्बन्धविच्छेद गर्ने तयारीमा भएको दाबी गरेको थियो । यो खबर पछि प्रियंका र निकले म्यागजिनमाथि मानहानीको मुद्धा दायर गर्ने सोच बनाइरहेका छन् ।कानूनी समूहले सम्हाल्नेः इन्टरटेन्मेन्ट वेबसाइट बलिउड लाइफको खबर अनुसार प्रियंकाको कानूनी समहूले यो समाचार बनाउने टेब्लोइडसँग कुरा गर्ने...
चैत २० काठमाडौं -सरकारले तोकिएको लक्ष्यअनुसार बेरुजु फर्स्यौट नगराउने पदाधिकारीलाई नेतृत्वदायी पदमा नियुक्ति नदिने भएको छ। आफ्नो कार्यालयको बेरुजु फर्स्यौट नगर्ने पदाधिकारीले बढुवा र नेतृत्वदायी पदमा नियुक्ति पाउने छैन। मन्त्रिपरिषद् बैठकले चैत ११ गते यस्तो निर्णय गरेको हो। निर्णयअनुसार बेरुजुका प्रमाण जुटाउन मन्त्रालयले सहयोग गर्नुपर्ने महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक जगन्नाथ देवकोटाले जानकारी दिए। उनले भने, ‘व्यक्तिका नाममा उठेका बेरुजु छन्...
चैत २०, काठमाडौँ -उमेर बढ्दै गएपछि पुरुषको मात्र नभएर महिलाको समेत कपाल झर्न थाल्छ । यो प्रक्रियालाई सामान्य नै मानिन्छ । यद्यपि, पछिल्लो समयमा उमेर नपुग्दै कपाल झर्ने समस्या भएका पुरुषको संख्या बढ्दो छ । कपाल झर्नु (तालुपना) आफैँमा रोग भने होइन । तर, कपाल झर्नु पुरुषका लागि टाउको दुखाइ बनिरहेको छ ।कारण  -पुरुषमा कपाल झर्नुको मुख्य कारण वंशानुगत गुण हो ।...
चैत्र २०, काठमाडौँ — माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ । घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ ।यसलाई ब्युरो र प्रहरी प्रधान...
चैत २०, काठमाडौँ -हुप्रतिक्षित रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माणलाई तीव्रता दिइएसँगै आगामी वैशाख अन्तिमसम्मबाट सञ्चालनमा आउने निश्चित भएको छ। परियोजना निर्माणका क्रममा देखिएका समस्याको समाधान, विभिन्न नीतिगत अस्पष्टता हल गरिएसँगै आयोजनाको निर्माणले तीव्रता पाएको छ।नेपाल आयल निगमको नेतृत्व सम्हाल्ले लगत्तै कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले उक्त परियोजनालाई तोकिएको समयभित्रै सम्पन्न गर्न ताकेता तथा कुनै समस्या देखिए समाधानका लागि सहजीकरण गर्दै आएका...
चैत २०,बीबीसी, काठमाडौँ -दक्षिण पूर्वी एशियाली मुलुक ब्रुनाईले समलिङ्गीलाई ढुङ्गाले हिर्काएर मारिने सजाय भएको नयाँ इस्लामिक कानुन बुधवारदेखि लागु गरेको छ। नयाँ कानुनमा चोरीको सजाय हातखुट्टा काटिने जस्ता व्यवस्थाहरू रहेका छन्। अन्तर्राष्ट्रिय समुदायमा धेरैले यो कानुनको विरोध गरेका छन्। ब्रुनाईको समलिङ्गी समुदायले आफूहरूले मध्ययुगको जस्तो सजायहरूको पाउनसक्ने डर व्यक्त गरेका छन्।बहिस्कार गर्न आह्वान "तपाईँ उठ्दा तपाईँको छिमेकी वा परिवार वा सडककिनारमा व्यापार गर्ने...
चैत १८, भक्तपुर । सरकारले निर्माण गर्न लागेको सामाजिक संघसंस्था ऐन संस्था मैत्री हुनपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । आज गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा भक्तपुरको १६ औं वार्षिक साधारणसभा तथा नागरिक सम्मेलनका सहभागिहरुले कानून आयोगले सरकारलाई बुझाएको सामाजिक संस्था ऐनको मस्यौदालाई थप परिमार्जन गरि संस्था मैत्री ऐनका रुपमा जारी गर्न माग गरेका हुन् । कार्यक्रममा प्रतिनिधिसभा सांसद महेश...
चैत १९, एजेन्सी, काठमाडौँ -अर्ध–नग्न प्रदर्शनकारीहरुले सोमबार ब्रिटीस तल्लो सदन (हाउस अफ कमन) अवरुद्ध गर्ने प्रयास गरे । सो समय सदनमा ब्रेक्जिटसम्बन्धमा वहस चलिरहको थियो । प्रदर्शनकारीहरुले सर्वसाधरण ग्यालरीको सिसाबाट २० मिनेटसम्म तल च्याम्बरमा आफ्नो नितम्ब देखाएका थिए ।माथि ग्यालरीमा अहिंसात्मक प्रदर्शन चलिरहँदा तल च्याम्बरमा सांसदहरुले वहस जारी राख्ने प्रयास गरेका थिए । ‘एक्जिस्टेन्सियल रिवेलियन’ नामको समूहका ११ अभियानकर्मीहरुले उक्त...