Saturday, September 19, 2026
Home समाज हावाहुरीबाट बारा र पर्साका २५ सय घरधुरी प्रभावित भएको अनुमान

हावाहुरीबाट बारा र पर्साका २५ सय घरधुरी प्रभावित भएको अनुमान

135

चैत १९,
काठमाडौँ -आइतवार पूर्वी नेपालको बारा र पर्सा जिल्लामा आएको भीषण हावाहुरीले करिब दुई हजार पाँच सय घरधुरी प्रभावित पारेको एक संस्थाले जनाएको छ।राजधानीमा मङ्गलवार आयोजना गरिएको एउटा कार्यक्रममा तथ्याङ्क सङ्कलन संस्था फ्याक्टस नेपालका प्रमुख कार्यकारी अधिकृत मनिष झाले दुई जिल्लाका जनप्रतिनिधि र प्रदेश सरकारबाट प्राप्त जानकारीको आधारमा प्रभावित घरधुरीको सङ्ख्याबारे अनुमान गरेको बताए। तर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले भने प्रारम्भिक अध्ययनका आधारमा बारामा करिब एक हजार र पर्सामा करिब दुई सय ५० घरधुरी प्रभावित भएको अनुमान गरेको बीबीसी नेपाली सेवालाई जानकारी दिए। दुवै सरकारी अधिकारीले क्षतिका बारेमा अध्ययन भइरहेकोले उक्त सङ्ख्या थपघट हुन सक्ने बताएका छन्।

‘हामीले जिल्ला प्रशासन कार्यालय अन्तर्गत टोली खटाएर विवरण सङ्कलन कार्य अघि बढाएका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीले भने। ‘आज साँझसम्म एक किसिमको खाका आउला।’ बीबीसी बाट