Wednesday, July 15, 2026
Home Blog Page 1568
जेठ ९, काठमाडौँ । पूर्व मिस नेपाल अश्मि श्रेष्ठ र भारतिय चर्चित गायक सनम पुरी प्रेम सम्बन्धमा रहेका छन् । उनीहरुले इन्स्टाग्राममा एकै फोटो सेयर गर्दै प्रेममा रहेको कुरा खुलासा गरेका हुन् । अश्मिले सनमसँगको फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘यो मिठो सुरुवात मात्र होइन, यसपछि मिठो समयका लागि पनि ।’ सनमले पनि उक्त फोटो आफ्नो इन्स्टाग्राममा सेयर गरेका छन्...
जेठ ९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् । विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा)ले उत्साहजनक मतपरिणाम ल्याएपछि ओलीले मोदीलाई ट्वीटरमार्फत बधाई दिएका हुन् ।https://twitter.com/kpsharmaoli/status/1131464433299935232‘लोकसभा निर्वाचनमा उत्साहजनक नतिजा हासिल भएकोमा म प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक बधाई दिन चाहन्छु’, ओलीले ट्वीटमा भनेका छन्, ‘पूर्ण सफलताका साथै आगामी दिनमा तपाईँसँग मिलेर कामगर्न तत्पर...
जेठ ९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले मिडिया काउन्सिल विधेयक सच्याउनु पर्ने बताएका छन्। एक विज्ञप्ति प्रकाशित गर्दै नेता गौतमले सरकार मन्त्रिपरिषदबाट पारित भई राष्ट्रियसभा सचिवालयमा दर्तासमेत गराइएको मिडिया काउन्सिलसम्बन्धि विधेयकका कतिपय विवादास्पद प्रावधानप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उक्त विधेयकका केही प्रावधान नेपालको संविधानको अक्षर र भावनाअनुरुप बनाउनुपर्ने आवश्यकता रहेको उनले बताएका छन्। 'सरकार, राजनीतिक...
जेठ ९, जनकपुर । जनकपुरबाट प्रहरीले आधा दर्जन भन्दा बढी भारतिय डाँका पक्राउ गरेको छ। गए राती जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बाट प्रहरीले गोली हानेर डाकालाई पक्राउ गरेको हो। पक्राउ परेका डाँकाहरु भारत बिहार प्रान्त स्थित समस्तीपुरको रहेको बताइको छ।जनकपुरधाम-८ स्थित विहारकुन्डमा डाँका हाल्ने उदेश्यले आएका उनीहरु मध्ये एकजना प्रहरीको गोली लागेर घाइते भएका छन् । घाइते डाँकाको...
जेठ ९, काठमाडौँ । चीनले केरूङबाट काठमाडौं रेल ल्याउन निकै कठिन भएकाले निकै सोचविचार गरेर अघि बढ्नु पर्ने बताएको छ। काठमाडौंस्थित दूतावासमा बिहीबार बिहान भएको मिडिया ब्रिफिङमा राजदूत होउ यानछीले चिनियाँ रेल आज कुरा गरेर भोलि आउने विषय नभएको बताइन्। ‘साँच्चै भन्नुपर्दा यो संसारकै अप्ठेरो ठाउँमा बनाउनु पर्ने रेलमार्ग हो। जसका लागि धेरै वैज्ञानिक अध्ययनहरू गर्नुपर्छ,’ राजदूत यानछीले भनिन्,‘आज कुरा...
जेठ ९, हुम्ला । कैलाश मानसरोवर दर्शनका लागि सिमकोट पुगेका २० भारतीय तीर्थयात्री सिमकोटबाट बुधबार फिर्ता भएका छन् । सन्नी ट्रेकमार्फत कैलाश मानसरोवर दर्शनका लागि भारतको महाराष्ट्र प्रदेशबाट हुम्ला पुगेका २० भारतीय तीर्थयात्रीलाई चीन सरकारले कैलाश मानसरोवर पुग्न प्रवेशाज्ञा अनुमति नदिएपछि फिर्ता हुनुपेको सन भ्याली रिसोर्टका व्यवस्थापक निमा लामाले जानकारी दिए । प्रवेशाज्ञा अनुमतिका लागि ७५ जनाको समूहलाई चिनियाँ दूतावासमा...
जेठ ९, काठमाडौँ । चीनसँगको तातोपानी नाका जेठ १५ बाट सुचारु हुने भएको छ। चार वर्षअघि भूकम्पका कारण बन्द भएको थियो । भूकम्पले क्षति पुर्‍याएका संरचनाहरूको पुनर्निर्माण सकिएकाले जेठ १५ देखि तातोपानी नाका सञ्चालनमा आउने नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ। ‘तातोपानी नाकाको पुनर्निर्माण सकिएको छ, अर्को सातादेखि सञ्चालनमा आउँछ,’ दूतावासमा बिहीबार बिहान भएको मिडिया ब्रिफिङमा राजदूत होउ यानछीले...
जेठ ९, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन्। लामो समयदेखि पेटको समस्या खेप्दै आएका देउवा फलोअप उपचारका लागि भन्दै बुधबार राति सिंगापुर उडेका हुन्। देउवासँग पत्नी आरजु राणा पनि गएकी छन्।कांग्रेस केन्द्रीय कार्यालयका अनुसार सभापति देउवाले सिंगापुरस्थित माउण्ट एलिजावेथ अस्पतालमा पेटको उपचार गराउनेछन्। खाना अपच हुनेजस्ता समस्या दोहोरिएपछि चिकित्सकहरुको सल्लाहअनुसार नै देउवा सिंगापुर गएका...
जेठ ९, जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अल्जेरिया र अर्जेन्टिनालाई औलो रोग मुक्त देश घोषणा गरेका छन्। उनीहरुलाई बुधबार नै औलो रोग मुक्त देश भएको प्रमाणपत्र पनि प्रदान गरिएको छ। औलो मुक्त घोषणा गरिएका देशहरुमध्ये अल्जेरिया दोस्रो अफ्रिकी मुलुक हो। यसअघि अफ्रिकाको मौरिटिजलाई सन् १९७३ मा औलो मुक्त मुलुकको प्रमाणपत्र प्रदान गरिएको थियो।त्यसैगरी अर्जेन्टिना पनि औलोमुक्त घोषणा...
जेठ ९ साँखु । काठमाडौँको शङ्खरापुर नगरपालिकाको इन्द्रेणी र खुलालटारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’ गरेको पाइएको छ । नगरपालिकाको वडा नं ९ खुलालटारमा सार्वजनिक खोल्सा रहेको स्थानमा अतिक्रमण गरी खोल्सामा हिमपाइप राखेर निजी जग्गा प्लटिङ गरिएको हो । साँखुका स्थानीय दिलीपकुमार श्रेष्ठ भन्नुहुन्छ, “यो क्षेत्रमा पहिला ठुलो खोल्सा थियो । अहिले यहाँ खोल्सामा हिमपाइप राखेर खोल्सा पुर्दै व्यक्तिले...