जनकपुरबाट भारतीय डाका पक्राउ

108

जेठ ९,
जनकपुर । जनकपुरबाट प्रहरीले आधा दर्जन भन्दा बढी भारतिय डाँका पक्राउ गरेको छ। गए राती जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बाट प्रहरीले गोली हानेर डाकालाई पक्राउ गरेको हो। पक्राउ परेका डाँकाहरु भारत बिहार प्रान्त स्थित समस्तीपुरको रहेको बताइको छ।

जनकपुरधाम-८ स्थित विहारकुन्डमा डाँका हाल्ने उदेश्यले आएका उनीहरु मध्ये एकजना प्रहरीको गोली लागेर घाइते भएका छन् । घाइते डाँकाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले जनाए । त्यस्तै ८ जनाको समूहमा रहेका उनीहरु सबैलाई प्रहरीले पक्राउ गरेको छ । डीआइजी पालले ७ जनालाई घटनास्थल र एकजनालाई महोत्तरीस्थित भारतीय सीमा नजिकबाट प्रहरीले पक्राउ गरेको हो। अभियुक्त डाका भनिएकाहरुका साथबाट पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ६ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।