Wednesday, September 23, 2026
Home अन्तर्राष्ट्रिय (डब्लुएचओ)को अनुसार औलोमुक्त देशको सूचीमा थपिए अल्जेरिया र अर्जेन्टिना ​​​​​​​

(डब्लुएचओ)को अनुसार औलोमुक्त देशको सूचीमा थपिए अल्जेरिया र अर्जेन्टिना ​​​​​​​

167

जेठ ९,
जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अल्जेरिया र अर्जेन्टिनालाई औलो रोग मुक्त देश घोषणा गरेका छन्। उनीहरुलाई बुधबार नै औलो रोग मुक्त देश भएको प्रमाणपत्र पनि प्रदान गरिएको छ। औलो मुक्त घोषणा गरिएका देशहरुमध्ये अल्जेरिया दोस्रो अफ्रिकी मुलुक हो। यसअघि अफ्रिकाको मौरिटिजलाई सन् १९७३ मा औलो मुक्त मुलुकको प्रमाणपत्र प्रदान गरिएको थियो।

त्यसैगरी अर्जेन्टिना पनि औलोमुक्त घोषणा गरिएको दोस्रो अमेरिकी मुलुक हो। उरुग्वेलाई यसअघि नै विश्व स्वास्थ्य सङ्गठनले सन् २०१८ मा औलोमुक्त देश घोषणा गरेको थियो। डब्लुएचओले यसअघि पनि केही देशलाई औलोमुक्त देशको रुपमा घोषणा गरिसकेको छ भने अन्य कतिपय देशहरुलाई घोषणा गर्ने तयारी भएको जनाइएको छ। औलोमुक्त देश घोषणा गर्नका लागि डब्लुएचओले विभिन्न मापदण्ड बनाएको र ती मापदण्ड पूरा गरेपछि मात्रै घोषणा गर्ने व्यवस्था गरिएको छ।-रासस