Wednesday, July 15, 2026
Home Blog Page 1566
जेठ १०, काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा युनुस अन्सारी, नसरुद्दिन अन्सारीसहित ४ जना छन् । विमानस्थल भन्सार कार्यालयले ठुलो मात्रामा नोट बरामद भएको जनाएको छ । भन्सार कार्यालय स्रोतका अनुसार दुई वटा व्रिफ केशमा नोट बरामद भएको हो । प्रहरीले विमानस्थल कतार एयरवेजमार्फत आएका र विमानस्थल...
जेठ १०, काठमाडौँ । बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामाको घोषणा गरेकी छन्। तीन वर्षसम्म बेलायतलाई युरोपियन युनियनबाट अलग पार्न प्रक्रिया टुंगोमा पुर्‍याउन नसकेपछि उनले शुक्रबार राजीनामा घोषणा गरेकी हुन्।उनको राजीनामा जुन ७ तारिखबाट लागु हुनेछ। उनले प्रधानमन्त्रीको रूपमा ब्रेक्जिटका लागि आफूले सकेको गरेको बताएकी छन्।
जेठ १०, काठमाडौँ । सगरमाथाको उचाई नाप्ने प्रयोजनका लागि सगरमाथा पुगेको टोली काठमाडौं फर्किएको छ । सगरमाथाको उचाई नाप्न सगरमाथाको चुचुरो पुगेर फर्किएको टोलीलाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रालयमा स्वाग गर्नुभएको छ । उहाँले ६ महिनाभित्र नेपाल आफै‌ंले मापन गरेको सगरमाथाको वास्तविक उचाई प्राप्त हुने बताउनुभयो ।सगरमाथा नाप्न नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल...
-चन्द्र एम. वि. 'अविरल'ईज्जत् कमाउने बहानामा चटक्कै छोडिएको गाउँ, आज सपनाको दृश्यमा झल्याक झुलुक कता कता देखेको अनुभुती हुन्छ। लाग्छ अब एक पटक त्यो गाउँको माटो खन्दै बसेको मित्रलाई शहरको एक पोको सम्पत्ति ईज्जत् संगै पोक्याएर एक भारी लगिदिउँ ।सपनाले अरु अलग र आफैंमा अपूर्ण सपना देखाएर झस्काउन बाध्य बनाउँछ, म ईज्जत्को भाउ बुझ्न बजारमा अनेक संघर्ष गर्छु, हरेक पसलका साहुजीसंग एक थान शुद्ध ईज्जत् माग गर्छु, साहुजीले मुन्टो बटारेको देखेर सम्झाउन तम्सन्छु उदाहरण सहित, उदाहरणमा तिनै पोहोर साल बेईज्जत्...
जेठ १०, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रेसलाई कुण्ठित पार्ने गरी ल्याइएको मिडिया काउन्सिल विधेयक पारित नहुने बताएका छन्। काठमाडौंमा शुक्रबार राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले गरेको कार्यक्रममा प्रवक्ता श्रेष्ठले यथास्थितिमा मिडिया काउन्सिल विधेयक पारित नहुने दावी गरे।‘अहिले जुन विधेयक आएको छ म दावीका साथ भन्छु, यथास्थितिमा यो पारित हुँदैन,’ श्रेष्ठले भने,...
जेठ १०, काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतमा भर्खरै सम्पन्न लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई बधाई तथा शुभकामना दिएका छन् ।देउवाले मोदी र शाहलाई छुट्टाछुट्टै पत्र पठाइ पार्टी र आफ्नो व्यक्तिगततर्फबाट बधाई तथा शुभकामना दिएका हुन् ।नेपाल र भारतबीच सदियौँदेखि कायम पुरानो सम्बन्ध...
जेठ १०, काठमाडौँ । साम्तेन भुटियाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘च च हुई’ को छायांकन यतिबेला हङकङमा भइरहेको छ । निर्माण टिम एक हप्ते शूटिङ सेडुअल लिएर हङकङ पुगेको हो । साम्तेनले यसअघि तान्द्रो, अनागत, सुस्केरा र साढे सात फिल्म निर्देशन गरेका थिए । आफूले यतिबेला कर्मसियल फिल्म निर्माण गरेका साम्तेन बताउँछन् । यो फिल्मको छायांकन नर्थ पोइन्ट, जोर्डन, गार्डेन...
जेठ १०, काठमाडौँ ।‘नेपालका लागि नेपाली अभियान’ले वाइडबडीबारे यही जेठ ११ गते स्थानीय वसन्तपुर डबलीमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । नेपाल वायुसेवा निगमको हाईफ्लाई–एक्स आइरल्याण्ड लिमिटेडबाट दुई एयरबस ए ३३०–२०० खरीद गर्ने सम्बन्धमा भ्रष्टाचार भएको भन्ने विषयमा सर्वसाधारण नागरिकलाई जानकारी दिन उक्त कार्यक्रम गर्न लागिएको बिहीबार यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अभियानकर्मी डा सुरेन्द्र भण्डारीले बताउनुभयो । सार्वजनिक सुनुवाइ कार्यक्रममा...
जेठ १०, सिरहा । बस र ट्रक ठोक्किँदा सिरहामा चालकसहित २ जनाको मृत्यु भएको छ । गयराती पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका – १० स्थित प्रयागपुर चोकमा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । मृत्यु हुनेमा बस चालक भोजपुर निवासी ३५ वर्षिय हरी पहेली र झापा निबासि ४० वार्षिय मदन...
बीबीसी, जेठ १०, नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई थप पाँच वर्षको कार्यकालका निम्ति 'ऐतिहासिक जनादेश' दिएको भन्दै भारतीय जनतालाई धन्यवाद भनेका छन्। बिहीवार साँझ दिल्लीस्थित पार्टी मुख्यालयमा प्रवेश गर्दा उनलाई समर्थकहरूले गुलाफको फूल वर्षाएर स्वागत गरेका थिए। "हामी सबै एक नयाँ भारत चाहन्छौँ। म नतमस्तक भई धन्यवाद भन्न चाहन्छु," भारतीय जनता पार्टी (भाजपा) का समर्थकहरूलाई सम्बोधन गर्दै उनले...